विराटनगर। विकसित देशहरूबाट उत्पन्न प्रदूषणका कारण जलवायु परिवर्तनको मार विश्वले भोगिरहेको कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बताएका छन् । त्यस्ता देशहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रकम जलवायु परिवर्तन प्रतिकार्यमा सकारात्मक भूमिका निर्वाह गर्ने मुलुकलाई सहयोग गर्नुपर्ने र जलवायुमा नकारात्मक प्रभाव पर्ने गतिविधि रोक्नुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्युनिटी इन्गेजमेन्टको सहकार्यमा जलवायु वित्त र बजेटसम्बन्धी अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
वैज्ञानिक आविष्कार र नयाँ प्रविधिको विकासका कारण विश्वको समृद्धि सम्भव भएको भए पनि कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा अमेरिका, चीन र भारत जस्ता केही देशले ओगटेको र उनीहरूकै आर्थिक वृद्धिका लागि मात्र प्रयोग भइरहेको आचार्यको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार र निजीक्षेत्रको साझेदारी आवश्यक हुने बताए । उनले यस विषयमा प्रदेश सरकारलाई निजीक्षेत्रसँग हातेमालो गर्न आग्रह गरे ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले प्रदेश सरकारका सबै निकायले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका विभिन्न कार्य गरिरहेको भए पनि त्यसलाई जलवायु बजेटको दृष्टिकोणबाट हेर्न र विश्लेषण गर्न क्षमता अभिवृद्धि एवं कार्यविधिगत स्पष्टता बढाउन प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले जलवायु बजेटको अवधारणा, कारण तथा असर, जलवायु वित्त र जलवायु बजेटका विभिन्न विषयमा जानकारी दिएका थिए ।
हरित ग्यास उत्सर्जन गर्ने क्षेत्रको पहिचान, त्यसको तथ्यांक व्यवस्थापन, न्यूनीकरण र अनुकूलनमा गरिनुपर्ने कार्यको प्राथमिकीकरण र स्थानीय सन्दर्भ समेत विश्लेषण गरी प्रदेश सरकारले जलवायु बजेट सांकेतीकरणलाई थप वैज्ञानिक र पारदर्शी बनाउनुपर्नेमा उनको सुझाव थियो ।
कोप– २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडो भन्दा चाँडो निस्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका छन्।संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा उनले जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी काममा केही प्रगति भइरहे पनि पर्याप्त र छिटो हुन नसकेको बताए।संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड
बिग थ्री’ भनिने अटोमोबाइल कम्पनी (जिएम, फोर्ड, स्टेलान्टिस) विरुद्ध हालै युनाइटेड अटो वर्कर्सले गरेको हडतालले जलवायु पहलकदमी, आर्थिक वृद्धि र मजदुर अधिकारलाई एकै ठाउँमा ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । मजदुरलाई...
काठमाडौं । जलवायु परिवर्तन न्यूनिकरण गर्न खनिज इन्धनको आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । शनिबार ललितपुरमा खनिज इन्धन उत्पादन र प्रयोगको अन्त्यका लागि गरीएको जलवायु मार्चका सहभागिले खनिज इन्धन अन्त्यका लागि जोड दिएका हुन् । खनिज इन्धन अन्त्यका लागि शनिबार विश्वव्यापी भई रहेको जनपरिचालन अन्तर्गत ललितपुरमा पनि पृथ्वी बचाउन माग गर्दे जलवायु मार्चपास गरीएको […]
जलवायु परिवर्तन सम्बन्धि नीति बने पनि प्रभावकारी रुपमा कार्यन्वयन हुन नसकेको गुनासो गर्दै सरोकारवालाहरुले जलवायु नीति कार्यान्वयनमा जोड दिएका छन् । नीति बने पनि कार्यन्वयन कमजोर रहेका कारण जलवायु परिवर्तनको असर बढिरहेको उनीहरुको गुनासो छ । ‘जलवायु न्याय र महिला’ विषयमा भएको संवाद कार्यक्रममा सरोकारवालाहरुले जलवायु परिवर्तनले निम्त्याएका प्राकृतिक विपत्तीले वर्षेनी अर्बौ रुपैयाँको क्षति बेहोर्नु […]
हिमाली क्षेत्रमा जलवायु परिवर्तनले झनै असर गर्न सक्ने भन्दै सचेत र सजग रहन सरोकारवालाहरुले जोड दिएका छन् । विगतमा विभिन्न विपद्का घटनाहरू हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको भनाइ छ । जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । ‘हामी नरहे पनि प्रकृति रहन्छ तर प्रकृति नरहे हामी रहन्नौँ’ भन
सिन्धुपाल्चोक, ६ पुस । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले झनै असर गर्न सक्ने भन्दै सचेत र सजग रहन सरोकारवालाहरुले जोड दिएका छन् । विगतमा विभिन्न विपद्का घटनाहरु हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको भनाइ छ । जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको […]
काठमाडौँ, २६ पुस: जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा आयोजित विचार गोष्ठीका सहभागी वक्ताले जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव कम हुँदै जाने, […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीवादका कारण जलवायु परिवर्तन देखिएको र प्राकृतिकरूपमा समस्या देखिएको भन्दै त्यसका विरुद्ध स्थानीय तहबाटै प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभएको छ । तापक्रमको वृद्धिका कारण बाढी पहिरो, अति वर्षा, खडेरी, हिँउ पग्लनेजस्ता समस्या देखिएको तथा समुद्रमा पानीको सतह बढ्दै जाँदा महासागर वरिपरिका देशहरू समस्यामा परेको अध्यक्ष दाहालको भनाइ छ । …
ग्लास्गो, बेलायत– नेपालले जलवायु परिवर्तन सम्बन्धि न्यूनिकरण तथा अनुकुलन कार्यक्रम संचालन गर्न जलवायु बित्त सुनिश्चितामा जोड दिएको छ । आईतवारदेखि बेलायितस्थित स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २६ औं सम्मेलनमा नेपालले जलवायु बित्त सुनिश्चिताको लागि जोड दिएको हो । धनि राष्ट्रहरुका कारण सिर्जित भएको जलवायुजन्य प्रकोपले नेपालजस्ता बिकासोन्मुख राष्ट्रहरुलाई […]