निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र छाप्ने भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ प्रकार र प्रदेशतर्फ ३ सय ३० क्षेत्रका लागि सोही संख्यामा छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । यस्तै ७ प्रकारका प्रदेशसभाका समानुपातिक तर्फको मतपत्र र प्रतिनिधिसभा तर्फ समानुपातिकतर्फ १ प्रकारको मतपत्र छाप्ने तयारी गरिएको छ । आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जुन क्षेत्रमा जुन पार्टीबाट उमेदवार उठ्छन् उम्म