धनुषा – तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ। यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ। दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ। क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छिन्, ‘खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ। विगतमा भन्दा यो वर्ष त साह्रै […]