देशभर उखरमाउलो गर्मी, पानी नपर्दा तातो र सुख्खा हावा चल्न थाल्यो

काठमाण्डाै – केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो र सुख्खा हावा चल्न थालेको छ । पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परेर बिहान बेलुका केही शीतलजस्तो महसुस भए पनि तराईका जिल्लामा केही दिन यता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ । काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि दिउँसोको समयमा टण्टलापुर घाम चर्किँदा जनजीवन प्रभावित भएको छ । केहि दिनको लागि मनसुन रोकिएर न्यूनचापीय रेखा नेपालबाट टाढा भएकाले धेरै गर्मी महसुस भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनु...