मध्य क्यानडामा वृद्धवृद्धा सवार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। क्यानडाको म्यानिटोबा प्रान्तमा एक सेमी–ट्रेलर ट्रकसँग ठोक्किएको हो।अधिकारीले यसलाई हालै भएको सबैभन्दा घातक दुर्घटनाको संज्ञा दिएका छन्। बसमा झण्डै २५ जना रहेको र त्यसमध्ये अधिकांश वृद्धवृद्धा रहेको म्यानिटोबा रोयल क्यानडियन माउन्टेन पुलिस प्रमुख रोब हिलले बताए। वृद्धावृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा दिने एक संस्थाले सञ्चालन गरेको बस दुर्घटनामा परेको हो।