एनएमबि बैंकले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतसम्म ब्याज दिने

एनएमबि बैंक NMB Bank Limited  ले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ। बैंकले यस योजना अन्तर्गत ग्राहकलाई  मुद्धतीमा ९.५२% बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने जनाएको छ । एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी अर्थात् एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्ने बैंकले उल्लेख गरेको छ । यस मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।  बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।  

सम्बन्धित सामग्री

५ बैंकले बढाए ब्याज

काठमाडौं  । नेपाल बैंकर्स संघले ब्याजदर नतोक्ने निर्णय गरेपछि साउनका लागि पाँचओटा बैंकले मात्र निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरूले आइतवार सार्वजनिक गरेको सूचनाअनुसार एनएमबि, एन.आई.सी. एशिया, प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले असारको तुलनामा ब्याजदर बढाएका छन् । ग्लोबल आइएमई, नेपाल एसबीआई, हिमालयन, सिटिजन्स र नेपाल इन्भेष्टमेण्ट मेगा गरी पाँचओटाले ब्याजदर स्थिर राखेका छन् । बाँकी ९ ओटाले घटाएका छन् ।  बैंकहरूले असारमा निक्षेपमा अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याज दिएका थिए । साउनमा सबैभन्दा बढी एनएमबि बैंकले अधिकतम १० दशमलव ९८ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेको छ । यो १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर हो । १० वर्षभन्दा कम अवधिमा भने १० दशमलव ७५ प्रतिशत ब्याजदर तोकेको छ ।  यस्तै प्राइम बैंकले ३ महीनाभन्दा बढी अवधिको व्यक्तिगत मुद्दतीमा १० दशमलव ९३ प्रतिशत, एन.आई.सी. एशियाले १५ वर्षसम्मको मुद्दतीमा १० दशमलव ९३, नबिलले २ वर्षभन्दा बढी अवधिका लागि १० दशमलव ४९ र कुमारीले ५ वर्षभन्दा बढी अवधिको लागि १० दशमलव शून्य १ प्रतिशत ब्याजदर तोकेको छ ।  ग्लोबल आइएमई, नेपाल एसबीआई, हिमालयन, सिटिजन्स र नेपाल इन्भेष्टमेण्ट मेगाको अधिकतम ब्याजदर भने असारमै कायम ९ दशमलव ९९ प्रतिशत छ । स्ट्याण्डर्ड चार्टर्डले सबैभन्दा कम ८ दशमलव ९५ प्रतिशतसम्म ब्याजदर  तोकेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले अघिल्लो महीना कायम ब्याजदरमा बढीमा १० प्रतिशत घटबढ गर्न पाउँछन् । संस्थागत मुद्दतीमा व्यक्तिगत मुद्दतीको तुलनामा २ प्रतिशत विन्दु कम र रेमिट्यान्सलाई १ प्रतिशत विन्दु बढी ब्याज दिनुपर्ने व्यवस्था छ ।

वाणिज्य बैंकहरुले गरे ब्याजदर नबढाउने समझदारी, पुस कै ब्याजले निरन्तरता पाउने

वाणिज्य बैंकहरुले माघ महिनाको लागि ब्याजदर नबढाउने भएका छन् । वाणिज्य बैंकका सीइओहरुको संगठन 'नेपाल बैंकर्स संघ' ले बिगतकै ब्याजदर यथावत राख्ने समझदारी गरेपछि माघ महिनामा ब्याजदर नबढ्ने निश्चित भएको हो। एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले पुस महिना कै ब्याजदरलाई निरन्तरता दिने समझदारी बनेको बिजपाटीलाई बताए । ब्याज नबढाउने सहमति भएसंगै माघ महिनाको लागि मङ्सिर महिना कै ब्याजदरले निरन्तरता पाउने भएको छ।बैंकहरुले ब्याज बढाउँदा पनि निक्षेप् नबढेको र ब्याज बढाउँदा लागत मात्र बढ्ने भएकोले पुस महिनाको लागि पनि ब्यादर बढाएका थिएनन् । यस संगै माघको लागि पनि मङ्सिर र पुसमा कायम ब्याजदर नै रहने छ । यस संगै अब माघ महिनाको लागि पनि बाणिज्य बैंकहरुले १०.०४८ प्रतिशतसम्मको ब्याज दर कायम राख्ने छन् । १०.०४८ प्रतिशत अधिकतम सीमा हो, बैंकहरुले सो भन्दा कम ब्याजदर पनि कायम गर्न सक्ने छन्। राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने ब्यबस्था गरेको छ।

एनएमबिको १२५ दिने निक्षेपमा आकर्षक योजना

हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबिले उच्चतम ब्याज प्रदान गर्दै आइरहेकोे छ ।माघ महिनादेखि सबैभन्दा बढी ब्याज दिन लागेको एनएमबि बैंकले अब नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्धतीमा ७.२५ प्रतिशतसम्म बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) तोकेको […]