वाणिज्य बैंकहरुले गरे ब्याजदर नबढाउने समझदारी, पुस कै ब्याजले निरन्तरता पाउने

वाणिज्य बैंकहरुले माघ महिनाको लागि ब्याजदर नबढाउने भएका छन् । वाणिज्य बैंकका सीइओहरुको संगठन 'नेपाल बैंकर्स संघ' ले बिगतकै ब्याजदर यथावत राख्ने समझदारी गरेपछि माघ महिनामा ब्याजदर नबढ्ने निश्चित भएको हो। एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले पुस महिना कै ब्याजदरलाई निरन्तरता दिने समझदारी बनेको बिजपाटीलाई बताए । ब्याज नबढाउने सहमति भएसंगै माघ महिनाको लागि मङ्सिर महिना कै ब्याजदरले निरन्तरता पाउने भएको छ।बैंकहरुले ब्याज बढाउँदा पनि निक्षेप् नबढेको र ब्याज बढाउँदा लागत मात्र बढ्ने भएकोले पुस महिनाको लागि पनि ब्यादर बढाएका थिएनन् । यस संगै माघको लागि पनि मङ्सिर र पुसमा कायम ब्याजदर नै रहने छ । यस संगै अब माघ महिनाको लागि पनि बाणिज्य बैंकहरुले १०.०४८ प्रतिशतसम्मको ब्याज दर कायम राख्ने छन् । १०.०४८ प्रतिशत अधिकतम सीमा हो, बैंकहरुले सो भन्दा कम ब्याजदर पनि कायम गर्न सक्ने छन्। राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने ब्यबस्था गरेको छ।

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं।वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूले पुसमा पनि ब्याजदर नबढाउने भएका छन्। अकबरे खुर्सानीबाट धनकुटा र तेह्रथुमका किसानले यस वर्ष ३३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेका छन्।नेपाल टेलिकमको मोबाइल डाटाबाट सिभिल बैंकको एप चलाउँदा पैसा लाग्दैन। एनसेलले सन् २०२३ मा नेपालमा फाईभजी परीक्षण गर्न प्राविधिक तयारी गर्दैछ। हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजको १४ वटा मोडलका मोटरसाइकलको मूल्य बढाएको छ।

बैंक तथा वित्तीय संस्थाले निक्षेपकाे ब्याजदर नबढाउने

ब्याजदर बढाएकै कारण बैंकमा निक्षेप नआउने निष्कर्षका आधारमा बैंक तथा वित्तीय संस्थाले साउनमा पनि पुरानै ब्याजदर प्रकाशित गर्ने निर्णय वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका छाता संगठनहरूले गरेका छन् ।

साउनमा पनि निक्षेपको ब्याजदर नबढ्ने, कर्जाको ब्याजदर बढ्दै

बैंक तथा वित्तीय संस्थाले साउनमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाएकै कारण बैंकमा निक्षेप नआउने निष्कर्षका आधारमा बैंक तथा वित्तीय संस्थाले साउनमा पनि पुरानै ब्याजदर प्रकाशित गर्ने निर्णय वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका छाता संगठनहरूले गरेका छन् ।

चैतमा निक्षेपको ब्याजदर नबढ्ने

बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् । यसका लागि आइतबारसम्म वाणिज्य बैंक र विकास बैकका छाता संगठनहरुले औपचारिक निर्णय गरिसकेका छन् ।

चैतमा निक्षेपको ब्याजदर नबढ्ने

बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् । यसका लागि आइतबारसम्म वाणिज्य बैंक र विकास बैकका छाता संगठनहरुले औपचारिक निर्णय गरिसकेका छन् ।