नेपालमा राजनीतिकरुपमा महिला प्रतिनिधित्व तथ्यांकमा बढ्दो छ । सामाजिक र आर्थिक क्षेत्रमा पनि महिलाको उपस्थिति बलियो हुँदै गएको छ । तर, महिलामाथिका दमन र उत्पीडनका घटना पनि उत्तिकै छन् । नेपालमा अधिकारका लागि महिलाहरुको संगठित आन्दाेलन सुरु भएको सात दशक नाघिसकेको छ ।