राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धुलिखेलको जिपलाइनको अनुभव लिएका छन् । शनिवार धुलिखेलस्थित थाक्लेडाँडामा पुगेका उनले जिपलाइनको अनुभव लिएपछि साह्रै रमाइलो भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा यस्ता जिपलाइनको दुरी अझै बढाउन सुझाव समेत दिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि जिपलाइनको अनुभव लिएका थिए । काठमाडौंबाट करिब ३५ किलोमीटर दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । धुलिखेलस्थित थाक्ले डाँडाबाट टेक अफ भई खावा, पाँचख