काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिन नसकिने बताएका छन्।सत्ता गठबन्धनमा मेयर पद माओवादीलाई दिने बारे छलफल भइरहँदा भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गर्न नसकिने जनाएकाे छ।कांग्रेस केन्द्रीय सदस्य कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइर