पाल्पा : पाल्पा सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथायात्रा आज निकालिंदै छ।भगवती जात्राले नेपाल-अंग्रेजको जितगढी युद्धलाई सम्झाउने गर्छ। वि. सं. १८७१/७२ तिर जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ।जितगढी युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजीर सिंहले भगवत