प्रतिनिधिसभा र प्रदेश सभाकालागि छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगसंग प्रगति विवरण मागेपछि 'निर्वाचन सर्ने त' होइन भन्दै वामगठबन्धनले चिन्ता व्यक्त गरेको छ। वामगठबन्धनले विहिबार बानेश्वरमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको आदेशले झस्काएको बताए। अनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदेशले चिसो पसेको बताए। पत्रकार सम्मेलनमा अदालत…