काठमाडौँ : प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ ।काउन्सिलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातीय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने Birgorkhali (वीरगोर्खाली) नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको जनाएको हो ।यो च्यानलले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प