अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकको खुद नाफा ६.०४ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा ५.३८ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ५.३७ प्रतिश