मूल्यवृद्धिको विरोधमा त्रिविमा अनेरास्ववियुको मौन प्रदर्शन

८ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रदर्शन गरेको छ । बुधबार बिहान साढे ८ देखि साढे ९ बजेसम्म अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मुखमा कालोपट्टि बाँधेर सांकेतिक विरोध गरेका हुन् । मूल्यवृद्धि फिर्ताको माग राख्दै प्लेकार्ड बोकेर सरकार विरुद्ध […]

सम्बन्धित सामग्री

पछिल्लो समय भएको मूल्यवृद्धिको अनुगमन गर्न उद्योगमन्त्री बडूको माग

आईतबार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्नुपर्ने बताएका हुन् ।...

हिमाली क्षेत्रमा मूल्यवृद्धिको असर, अरु क्षेत्रमा कस्तो?

हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ। हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८.२१ प्रतिशतले म...

गरिब जनता मूल्यवृद्धिको मारमा

सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै स्थानीय युवाको आयोजनामा मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरूले बीच सडकमै मोटरसाइकल तेस्र्यायाएर एलपी ग्यास सिलिण्डरसहित विरोध प्रदर्शन गरेका हुन् । पाँच दलीय गठबन्धनको सरकारले जनतालाई राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, […] The post पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

मूल्यवृद्धिको आक्रोश सडकमा, तस्वीरहरू

काठमाडौं :  इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको हो। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ। युवा संघले मुल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

मूल्यवृद्धिको विरोधमा खालि सिलिन्डरसहित प्रदर्शन

इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो ।  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैया

मूल्यवृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

काठमाडौँ- काठमाडौँमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो । त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिइएको हो ।  सरकारले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ […]

पट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले उपत्यकालगायत विभिन्न ठाउँमा राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।  अनेरास्ववियुले बुधबार प्रदर्शनीमार्गमा...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीहरु पक्राउ

काठमाडौँ । काठमाडौँको घण्टाघरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन खोज्दा केहीबेर घम्साघम्सी भएको थियो। मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। सरकारले मूल्यवृद्धि फिर्ता नगरेको भन्दै विद्यार्थीले आन्दोलन गरेका हुन् ।

शंख फुकेर इन्धनमा भएको मूल्यवृद्धिको विरोध

काठमाडौं। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले शंख फुकेर विरोध प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार पूर्वनिर्धारित आन्दोलनअनुसार नै आइतबार विद्यार्थी संगठनहरुले राजधानीसहित देशभर शंख फुकेर इन्धनको मूल्यवृद्धिको विरोध गरेका हुन्। चरणबद्ध आन्दोलनमा रहेका विद्यार्थी संगठनहरुले निगमका गाडीहरू चल्न नदिने, पेट्रोलियम ढुवानी र बिक्री ठप्प पार्नेलगायतका आन्दोलन घोषणा गरेका छन्।