पाँचखाल–३ का रामकुमार दनुवार धान भित्र्याएर आलु लगाउने तयारीमा छन् । धान रोप्ने बेला मल नपाएर सास्ती खेपेका उनले आलु रोप्दा पनि मल नपाउने चिन्ता छ । ‘मल नपाएर धेरै दुःखले धान रोप्यौं, नक्कली मल परेकाले केही किसानको धान डढेको छ, अब आलु पनि डढ्यो भने के हुन्छ ?,’ उनले भने, ‘मल नपाएर हामीले दस ठाउँमा भौंतारिनुपर्छ । भोट माग्न आउनेलाई यसको चासो नै छैन ।’