सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । मर्मत सम्भार र कोभिड महामारीलगायतका कारण ४ वर्षपछि सर्वसाधारणलाई पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो ।