राखेपको पौडी पोखरी  सर्वसाधारणका लागि खुला, २०० रुपैयाँमै पौडीको मज्जा लिन पाईने

वैशाख २०, काठमाडौँ । ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ ।   उक्त पौडी पोखरी यहि बैशाख १४ गते देखि खेलाडी तथा सर्वसाधारणका लागि खुला गरिएको हो । पौडी पोखरी ३ सिफ्टमा सञ्चालन गरिने भएको छ । पहिलो सिफ्ट बिहान १०:०० बजेदेखि मध्यान्ह १२:०० बजेसम्म, दोश्रो सिफ्ट दिउसो १:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म र तेश्रो सिफ्ट अपरान्ह ४:०० बजेदेखि साँझ ७.०० बजेसम्म सञ्चालन हुने राखेपले जानकारी दिएको छ । परिषदले पौडी खेल्नका लागी टिकट दर पनि तोकेको छ । साधारण टिकट दर २०० रुपैयाा, लकर टिकट दर २० रुपैयाँ, ग्रुप टिकट दर २०० रुपैयाँ र इन्डोर पौडी पोखरी टिकट दर ३०० रुपैयाँ रहेको छ ।  साथै परिषदले व्यक्तिगत /ग्रुप साधारण तथा प्रशिक्षण सदस्यताका लागि पनि शुल्क छुटाएको छ । परिषदले प्रति व्यक्ति १ महीनाको साधारण तर्फ ४ हजार रुपैयाँ र प्रशिक्षण तर्फ ५ हजार रुपैयाँ शुल्क तोकेको छ । त्यस्तै ३ महीनाको लागि साधारण तर्फ १०, हजार रुपैयाँ र प्रशिक्षण तर्फ १३ हजार रुपैयाँ शुल्क तोकेको छ । सिजन भरीको लागि भने प्रति व्यक्ति  साधारण तर्फ १५ हजार रुपैयाँ र प्रशिक्षण तर्फ १८ हजार रुपैयाँ रहेको छ ।