सुदृढ, सन्तुलित, सुरक्षित, समावेशी विकास प्रवर्द्धनको प्रतिबद्धताका साथ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको दुई दिने शिखर सम्मेलन ब्याङ्कक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सन् २०४० सम्ममा एशिया–प्रशान्त क्षेत्रलाई खुला, गतिशील, लचिलो र शान्तिपूर्ण भूभागका रुपमा विकास गर्ने तथा एशिया–प्रशान्त समुदायलाई उन्नत बनाउने लक्ष्य निर्धारण गर्दै पारित घोषणापत्रमा विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई सुदृढ तुल्याउनेमा जोड दिइएको छ । नेतृ