काठमाडौँ। नेपाल चिकित्सक संघ (एनएमए) ले आयोजना गरेको दुई दिने तेस्रो स्वास्थ्य शिखर सम्मेलन १६ बुद्धे घोषणापत्र जारी गर्दै काठमाडौँमा सोमबार सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा छलफल गरिएका विभिन्न ६ विषयबाट निस्किएको निचोड निकालिएको घोषणापत्र बाचनपछि एनएमएका अध्यक्ष डा अनिल विक्रम कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालएका सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए । […]