अठार बुँदे काठमाडौं घोषणापत्र जारी बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ। सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ। अठार बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ। सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सकिने बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकरी दिए।