२०७४ सालमा देउवा–प्रचण्ड गठबन्धनको सरकारले स्थानीय निकायको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको थियो । गठबन्धन नै गरेर आलोपालो गरी एकै किसिमको (स्थानीय) निर्वाचन गणतन्त्र पश्चात पहिलो पटक दुईवटा सरकारबाट भएको त्यो पहिलो घटना थियो ।स्थानीय निर्वाचन लगत्तै टुटेको देउवा–प्रचण्ड गठबन्धन निर्वाचन सम्पन्न भएको पाँच वर्ष पुग्नै लाग्दा समयले फेरि दुबैलाई एकै ठाउँ र गठबन्धनमा ल्याइदिएको छ । स्थायी सरकारको परिकल्पना गरेर एमालेसँग चुनावी तालमेलपछि पार्टी नै एकता गरेका प्रचण्ड ओलीको राजनीतिक