‘कोइलाखानीको मापदण्ड जाँच्ने इञ्जिनियर नै छैनन्’

सबै खाले प्रकृतिजन्य वस्तु उत्खननको अनुगमन र नियमन गर्ने जिम्मा जिल्ला समन्वय समितिलाई छ । कार्यालयको क्षेत्राधिकारमा पर्ने भएकाले हामी नदीजन्य वस्तुलगायत खानी उत्खननको नियमन र अनुगमन गर्दै आएका छौं । तर कोइलाखानीको अहिलेसम्म अनुगमन गर्न सकिएको छैन । अघिल्लो वर्ष अनुगमन गर्ने योजना बनाएर काम थाल्ने तयारी भइरहेका बेला कोभिड–१९ फैलिएका कारण त्यो सम्भव […]

सम्बन्धित सामग्री

सुनकोशी–तेस्रो जलविद्युत् आयोजना : मध्यपहाडी क्षेत्रको गौरव

काभ्रे । डेढ दशकअघि काभ्रेका जनप्रतिनिधि, नेता र सामाजिक अगुवाले कल्पना गरेको आयोजना थियो– सुनकोशी–तेस्रो जलाशययुक्त आयोजना । त्यसताका संसद्मा, मन्त्रालयमा, सार्वजनिक कार्यक्रममा निरन्तर उक्त आयोजना सञ्चालन गर्न प्रक्रिया थाल्नुपर्ने आवाज बुलन्द हुँदै गएको थियो ।  केही वर्षको चर्चा–परिचर्चापछि आयोजनाको प्रक्रिया थाल्न सरोकारवाला निकायले ध्यान दिन थाल्यो । आयोजनाको २०७४ सालदेखि योजनासहित अध्ययन शुरु गर्न थालियो । आयोजनाको चर्चा–परिचर्चासँगै अध्ययनका काम शुरु भएपछि यसलाई मध्यपूर्वी–मध्यपहाडी क्षेत्रको ‘गौरवको आयोजना’का रुपमा लिइयो ।  काभ्रे भएर बग्ने सुनकोशी नदीमा उक्त आयोजना निर्माण हुने भएको हो । सरकार परिवर्तन तथा महामारी र विपद्का कारण केही ढिलाइ भएको आयोजनालाई अघि बढाउन पछिल्लो वर्षदेखि प्रक्रियामा तदारुकता देखाइएको छ । यसका कारण आयोजना निर्माण हुने पक्कापक्की भइसकेको छ ।  सुनकोशी–तेस्रो (६८३ मेगावाट) जलाशययुक्त विद्युत् आयोजना नेपाल र बङ्गलादेशको संयुक्त लगानीमा सञ्चालन गरिने निर्णय भएको छ । यसका लागि गत सोमवार र मङ्गलवार बङ्गलादेशमा नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिका बैठकले सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि ६ महीनाभित्र हस्ताक्षर गर्नेसमेत निर्णय भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालद्वारा जारी प्रेस विज्ञप्तिमा सुनकोशी–३ जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महीनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने निर्णय भएको उल्लेख छ । नेपाल र बङ्गलादेशबीच सो आयोजना निर्माण गर्न २०७९ भदौमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकमा जलाशय जलविद्युत् आयोजना प्रवर्द्धन गर्न संयुक्त कम्पनी निर्माण गर्ने सहमति भएको थियो । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर उक्त आयोजना अघि बढाउने सहमतिसमेत भएको थियो ।  भेटवालका अनुसार त्यतिबेला बङ्गलादेश पक्ष दुई महीनाभित्र आयोजनाको सम्भाव्यतासम्बन्धी अध्ययन तथा वातावरणीय अध्ययन प्रतिवेदनको पुनरावलोकन गरी त्यसपछिका चार महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको थियो । विसं २०७९ भदौमै बङ्गलादेशको टोलीले आयोजनाको स्थलगत भ्रमणसमेत गरेको थियो । वन मन्त्रालयले प्रतिवेदन पास गरेलगत्तै आयोजना निर्माणको प्रक्रियातर्फ अघि बढ्ने जनाइएको हो ।  आयोजनाबाट वार्षिक दुई अर्ब ३५ करोड ६२ लाख युनिट बिजुली उत्पादन हुनेमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुने प्रक्षेपण गरिएको छ । बङ्गलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले गरेको आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो । अवलोकनका क्रममा रामेछापको खाँडादेवी गाउँपालिको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रोलगायतका जलविद्युत् आयोजना निर्माणअघि बढाउन बङ्गलादेश इच्छुक र तयार रहेको बताएका थिए ।  उक्त आयोजनाको वन मन्त्रालयले विसं २०७९ कात्तिकमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत गरेको थियो । यसपछि आयोजना निर्माणको बाटो खुलेको हो । ईआईए स्वीकृत भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाको थप प्रक्रिया अघि बढाइने जनाएको थियो । मन्त्रलायको विद्युत् विकास विभागका अनुसार आयोजना निर्माणका लागि चार हजार १३ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ । विसं २०७९ जेठमा आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो ।  अध्ययनबाट आयोजना क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लाका करिब एक हजार ६ सय परिवार विस्थापित हुने अध्ययनले देखाएको छ । आयोजनाको विसं २०७४ बाट अध्ययन शुरु गरिएको थियो । काभ्रेको तेमाल गाउँपालिकाका आठओटा वडा बाँध, विद्युत्गृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।      आयोजनाबाट सिन्धुपाल्चोकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगरपालिका, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुने जनाइएको हो । सुनकोशी–तेस्रो जलविद्युत् आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमानसहित ईआईए तथा जैविक, आर्थिक सामाजिक, अध्ययन गरी मस्यौदा प्रतिवेदन निर्माण गरिएको थियो ।  साथै आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनियरिङ डिजाइनको कामसमेत सकिएको जनाइएको छ । यस्तै भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिइसकेर ईआईए तयार गरिएको जनाइएको छ ।  विभागका अनुसार विसं २०७८ माघमा वन मन्त्रालयमा पठाइएको ईआईए प्रतिवेदन विसं २०७९ कात्तिक अन्तिम साता तत्कालीन वनमन्त्रीसमेतको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासमेतको निर्णयबाट स्वीकृति भएको हो । विसं २०७९ वैशाख पहिलो साता मन्त्रालयको विज्ञ टोलीसँगसमेत आयोजनाबारे सुझाव÷परामर्श लिइएको थियो । आयोजनाको अध्ययनसँगै प्रभावित क्षेत्रसँग सार्वजनिक सुनुवाइमार्फत लिनुपर्ने राय तथा सुझाव लिइसकिएको छ । अध्ययनअनुसार उक्त जलाशययुक्त आयोजना निर्माण सम्पन्न गर्न रू एक खर्ब ६० अर्ब लाग्ने अनुमानसमेत गरिएको छ ।  विभागले गरेको सम्भाव्यता अध्ययनका क्रममा उक्त लागत अनुमान गरेको हो । ‘योजनाको लागत अनुमान अध्ययनका क्रममा उक्त परिमाणको देखिएको हो,’ इञ्जिनियर सुवास थपलियाले भने । उनका अनुसार विभागले सम्भाव्यता अध्ययनको काम सकेर योजनाबाट प्रभावित हुने जिल्लाका स्थानीय तहलाई मस्यौदा प्रतिवेदनमा छुटेको तथा स्थानीय तहले दिनुपर्ने राय–सुझावसमेत सङ्कलन गरिसकिएको हो ।  विभागलाई आयोजनाप्रति रामेछापको खाँडादेवी र सुनापति गाउँपालिका तथा सिन्धुलीको सुनकोशी गाउँपालिकालेसमेत रायसुझाव दिइसकेका छन् । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टीओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने–नहुने निक्र्याेल नभएका कारण सरकारले अध्ययनबाहेकमा थप बजेट विनियोजन नगरेको बताइन्छ ।  एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टीओआर भने २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टीओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको थियो । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा केकस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको जनाइयो । त्यसताका पनि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, स्थानीय तहको वडास्तरमा विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो ।      काभ्रेका सांसद गोकुलप्रसाद बाँस्कोटा विस्थापित परिवारलाई एकीकृत बस्ती निर्माण गरी व्यवस्थापन गर्नेबारे सरोकारवालासँग तत्काल छलफल हुनुपर्ने बताउँछन् । ‘सरकारले आयोजनाको निर्माण कार्य कहिले शुरु गर्ने हो, सरकारले यसप्रति विशेष ध्यान दिई परिवार विस्थापनबारे सरोकारवालासँग छलफलमा गर्न ढिला गर्नुहुन्न, यो महत्त्वकाङ्क्षी योजना भएकाले जसरी पनि सफल बनाउनुपर्छ,’ उनले भने । आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने योजना बनाइएको विभागले जनाउँदै आएको छ ।  यस आयोजनाका लागि नेपाल सरकारले विसं २०७८ भदौ अन्तिम साता बङ्गलादेशलाई निर्माणको प्रस्ताव गरेपछि जेएससीको बैठकमा अनुमोदन भएको थियो । बङ्गलादेश र नेपालबीच सन् २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएपछि बङ्गलादेशले नेपालसँग एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गर्दै आएको थियो ।  परियोजनाअन्तर्गत सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि रू. ३३ करोड बजेट विनियोजन गरेको थियो । हालसम्मको विविध अध्ययनबाट सुनकोशी दोस्रोभन्दा तेस्रोको सम्भावना देखिएको जनाउँदै आएको थियो । आयोजनाअन्तर्गत लुभुघाटस्थित नदीमा करिब चार सय ८४ मिटर लामो र एक सय ६६ मिटर उचाइको बाँध निर्माण गरी पाँच सय ७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाट नजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग पाँच सय ३६ मेगावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिने छ ।  सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । उसले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युतमध्ये सुनकोशी–तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेगावाट क्षमता) निर्माणपश्चात् प्रस्तावित सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना काभ्रेको दोस्रो आयोजना हुनेछ ।  प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौंबाट करिब ६० किलोमिटरको दूरीमा अवस्थित छ । आयोजना निर्माणछि माछापालन, जलयात्रा, पर्यटकीय होटल तथा थप पर्यटकीय स्थल विकासकोसमेत सम्भावना देखिएको छ । विसं २०७५ चैतमा काठमाडौंमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको पनि समस्या छैन ।

यसरी गरौं गुणस्तरीय इँटाको छनोट

काठमाडौं । भवन निर्माणमा इँटा प्रयोग शरीरको अस्थिपञ्जरजत्तिकै महŒवपूर्ण हुन्छ । गाउँघरमा ढुंगामाटोको घरमा ढुंगालाई नै प्रमुख आधार मानिन्छ । ढुंगामाटोको कच्ची भवनको सट्टा आधुनिक आरसिसी (पक्की) भवन निर्माणमा इँटा र इँटाजस्तै अन्य ब्लक प्रयोग गरिन्छ । इँटाले भवनको बाहिरी स्ट्रक्चर वा स्वरूप निर्धारण गर्ने काम गर्छ । भवनको पूर्ण आकृति यसमै निर्भर रहेको हुन्छ । घर निर्माणका लागि इँटाको छनोट सबैभन्दा बढी ध्यान दिनुपर्ने पक्ष हो । यसका लागि राम्रो, बलियो र गुणस्तरयुक्त इँटा हुनु आवश्यक छ । इँटाको सही छनोटका केही आधार रहेका छन् । राम्रो इँटा हुनुका केही गुण पहिचान गर्न आवश्यक छ । सोहीअनुसार रातो रंग भएको, बांगोटिंगो नभएको, चार कुना आकार मिलेको, अत्यधिक पाकेर कालो नभएको, दुई इँटाको जुधाइबाट मेटालिक आवाज निस्कने आदि विशेषताबाट राम्रो र गुणस्तरयुक्त छ भन्न सकिन्छ । इँटालाई गुणस्तरको आधारमा ए, बी, सी गरी विभिन्न श्रेणीमा विभाजन गरिएको हुन्छ । ए श्रेणीको इँटालाई गुणस्तरको मान्ने गरिन्छ । गुणस्तरको इँटा हुन ५ प्रतिशतभन्दा बढी पानी नसोस्ने वा २० प्रतिशतसम्म पानी सोस्नेलाई राम्रो र त्योभन्दा बढी पानी सोस्नेलाई नराम्रोमा गनिन्छ । नेपाल राष्ट्रिय भवन संहिता २०२:२०१५ अनुसार वालको मोटाइ २३० मिमि तोकिएको छ । सिमेन्ट र बालुवाको मिश्रण १:६ को हुनुपर्ने मात्रा तोकिएको छ । त्यसैगरी दुई इँटाबीचमा सिमेन्ट, बालुवाको मोटाइ १०(१६ मिमिको उपयुक्त मानिएको छ । इञ्जिनियर तिलक बानियाँका अनुसार सिमेन्ट, बालुवाको मोटाइ मेसिन मेड इँटा (चिनियाँ)मा १ सेमि र साधारण इँटामा १/२ इन्च हुनुपर्छ । यस कुरालाई सही मान्य हो भने पुरातात्त्विक भवनमा इँटाको बीचमा मसला एकदमै कम प्रयोग गरेको देख्न सकिन्छ । यस आधारमा बानियाँको कुरा सही हुन जान्छ । घरको ग्राउन्ड फ्लोरको वालको मोटाइ १४ इन्च र दोस्रो तलाको मोटाइ ९ इन्च हुनुपर्ने स्पष्ट मापदण्ड तोकिएको छ । टुटफुट र छरपस्ट हुनबाट बचाइ सुरक्षितसाथ राख्न इँटालाई चाङ (स्ट्याक) मिलाएर राख्नुपर्छ । इँटालाई सकभर साइडको नजिकमा काम गर्न सजिलो हुने गरी राख्नु बुद्धिमानी हुन्छ । स्ट्याक मिलाउँदा ७ फिटभन्दा बढी अग्लो र खुकुलो हुनु हुँदैन । नेपालमा प्रयोगमा रहेका इँटा नेपालमा इँटा प्रयोगको लामो इतिहास पाइन्छ । विशेषगरी पुरातात्त्विक मठमन्दिर, स्तुपा, कुवा तथा भवनमा इँटा प्रयोग भएको पाइन्छ । नेपालमा गुणस्तरयुक्त माटो हुनु र आवश्यकताअनुसार विभिन्न साइज तथा कलात्मकता दिन सजिलोको कारण इँटा प्रयोगमा वृद्धि हुँदै गएको देखिन्छ । नेपालमा प्राप्त अभिलेखअनुसार विभिन्न प्रकारका इँटा प्रयोग भएको पाइन्छ । त्यस समयका केही इँटाका नाममा नगोल, कासिमो, दाची आप्पा, मा आप्पा, बा आप्पा, फा बुट्टा झल्लर, तु आप्पा, काची आप्पा, फाल्हो आप्पा, झल्लर बुट्टा, नाग आप्पा आदि प्रमुख छन् । यिनको नामअनुसार  आप्पालाई आगोमा पोलेको साधरण इँटा मानिन्छ । मा आप्पालाई तेलिया, बा आप्पालाई सजावटयुक्त (डेकोरेट), दाची आप्पालाई क्रोनिकल, काची आप्पालाई बेक्ड गरिएको, तु आप्पालाई गोलाकार कुवामा प्रयोग गरिने इँटाको रूपमा चिनिन्छ । यसलाई मठमन्दिर बनाउन बनाउन प्रयोग गरिन्छ । यसमा आकर्षक आकृति तथा बुट्टा कुँदिएको हुन्छ र चित्ताकर्षक रुपमा बनाइएको हुन्छ । यी इँटा प्रयोगले विभिन्न देवीदेवताको आकृतिले मन्दिरको रूपमा परिचित गराउँछ । यस्ता इँटाको प्रयोग विश्वसम्पदा सूचीमा परेका क्षेत्र र केही आधुनिक भवनमा समेत भइरहेको देख्न सकिन्छ । बढी प्रचलनमा रहेका इँटा नेपालमा बढी प्रयोग गरिने इँटामा पर्छ, चिम्नी वा अग्लो भट्टीमा पकाएको माटोबाट बनेको साधारण इँटा । स्थानीय रूपमा कामदार प्रयोग गरेर उत्पादित इँटा नै बढी प्रचलित छ, जुन सबैले प्रयोग गर्न सबभन्दा सस्तो मानिन्छ किनकि योभन्दा सस्तो उत्पादनै हुँदैन । भए पनि कमसल, बांगोटिंगो हुन्छ, जसलाई वालको रूपमा प्रयोग गर्न असम्भव छ । घाममा सुकाएर बनाइएको इँटा छिटो बिग्रने र पानीले चाँडै गल्ने स्वभावको हुन्छ । नेपालमा हरिसिद्धि इँटा, टायल कारखानाबाट चिनियाँ मेसिन प्रयोग गरेर उत्पादित सफा र चिटिक्क परेको इँटा प्रयोग गरेर घर निर्माण गरेका काठमाडौंबासीको स्मरणमा अझै ताजै हुनुपर्छ । यस्तै, मिल्दोजुल्दो आकारको इँटाको उत्पादन हुँदै आएको छ । यो स्थानीय परम्परागत इँटाभन्दा साइजमा केही ठूलो हुन्छ । त्यसैगरी बुट्टेदार (कारनेक्स) इँटा पनि उत्पादन हुँदै आएको छ । इँटाको प्रयोग र लागत अनुमान नेपालमा इँटाको साइज ठ्याक्कै खुट्याउन कठिन न्छ । नेपाल राष्ट्रिय भवन संहिता (एनबिसी १०९:१९९४) अनुसार इँटाको स्ट्यान्डर्ड साइज तोकिएको छ । सोहीअनुसार लम्बाइ २४० मिमि, ११५ मिमि चौडाइ र ५७ मिमि मोटाइ रहेको छ । बजारमा इँटाको साइज ९.५ गुणा ४.५ इन्च रहने भनिएको छ । इँटाको साइजको आधारमा एउटा चारकोठे घरको वाल निर्माणमा कति इँटा लाग्छ भनेर लागत अनुमान र संख्या निकाल्ने गरिन्छ । घरको नक्सामा झ्यालढोका र अन्य केही सबैको साइज तोकिएकामा त्यसको नाप कटाएर इँटाको संख्या निकाल्न सकिन्छ । झ्यालढोकाको साइज कति भन्ने जानकारी नभई इँटाको ठ्याक्कै यकिन संख्या निकाल्न नसकिने इञ्जिनियर बानियाँ बताउँछन् । जयश्री नवदुर्गा निर्माण सामग्री सप्लायर्स प्रोप्राइटरका अनुसार ठिक्क साइजको चार कोठे घर निर्माणमा २५ गोटा हजार इँटा लाग्ने गर्छ । अनुभवी मिस्त्रीको भनाइमा पनि अनुमान केही मिल्न जाने गरेको पाइन्छ । इञ्जिनियरिङ नियमअनुसार घरको साइज र त्यसमा प्रयोग गरिने झ्यालढोकाको अन्तिम साइज पूरा गरेर इँटाको वास्तविक संख्या निकालिन्छ । फरक–फरक इँटाको मूल्य इँटाको मूल्यमा कम्पनीअनुसार केही फरक पर्ने बताउँछन्, जयश्री नवदुर्गा निर्माण सामग्री सप्लायर्सका प्रोप्राइटर । उनको भनाइअनुसार साधारण इँटा प्रतिगोटा मूल्य १७ र चिनियाँ साइजको इँटाको मूल्य २२ रुपैयाँ पर्छ । बजार मूल्यअनुसार प्रतिहजारको १४ हजारदेखि १६ हजारसम्म रहेको पाइन्छ ।

डुम्रे–बेंसीशहर सडक दुई लेनको बनाइँदै

लमलुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए । ‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ,’ इञ्जिनियर अधिकारी भने । उनका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा अब सात मिटरको हुने उक्त आयोजनाले बताएको छ । दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण गरिने भएको छ । अहिले सडकको नाली बनाउने, चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायत निर्माण भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र हुनेछ भने कालोपत्र सकिएपछि सडक रङरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण सम्पन्न भएको बताइएको छ । आठ दशमलव आठ किलोमिटर सडक २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङको सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पीएस बाहेक ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकोमा उक्त जेभीले ३८ करोड ९ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिएलगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।      छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट २०२९ सालमा खन्न शुरू गरिएको उक्त सडक बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । शुरू गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र गरिएकोे थियो । कालोपत्रे भएपछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो । उक्त सडकमा दैनिक सयौं संख्यामा साना तथा ठूला सवारीसाधन सञ्चालन हुन्छ । डुम्रे बेँसीशहरको उक्त सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् । रासस

डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन शुरु

माघ ४, लमजुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ ।  छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।  उनले भने, ‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ ।’ इञ्जिनियर अधिकारीका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ  भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ ।  यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक)  रहेकामा अब सात मिटरको हुने उक्त आयोजनाले जानकारी दिएको छ । दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण गरिने भएको छ ।   अहिले सडकको नाली बनाउने, चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने लगायत निर्माण कार्य भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ  भने, कालोपत्र सकिएपछि सडक रङ्गरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको छ ।  आठ दशमलव आठ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पीएस बाहेक रू. ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकामा उक्त जेभीले रू. ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिए लगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।  छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको उक्त सडक बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । शुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक  कालोपत्र गरिएकोे थियो ।  कालोपत्र भए पछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो । उक्त सडकमा दैनिक सयौँ संख्यामा साना तथा ठूला सवारीसाधन सञ्चालन हुन्छ  ।  डुम्रे बेँसीशहरको उक्त सडकहुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् । रासस

आधुनिक भवन निर्माणका मापदण्ड

काठमाडौं । आधुनिक भवन निर्माणमा आर्किटेक्चर विधाका मुख्य तीन विषय महत्वपूर्ण मानिन्छन् । यिनै मुख्य कुराको आधारमा भवन निर्माणको नक्सांकन गरिन्छ । यसो गरिए भवनलाई आरामदायी, बलियो र सुन्दर बनाउन सहयोग गर्छ । यी विषयबारे ज्ञान हुँदा भविष्यमा निर्माण गरिने भवनबाट जीवनभर ढुक्क हुन सकिन्छ । प्रयोग गर्न सजिलो भवन प्रयोगको हिसाबले सजिलो हुनुपर्दछ । एक पटक भवन निर्माण गरेपछि पटक–पटक बनाउन र परिवर्तन गर्न सकिँदैन । अन्य प्रयोगका वस्तु बदल्न सकिन्छ तर भवन हत्तपत्त बदल्न सकिँदैन । त्यसैले भवन प्रयोगको हिसाबले सजिलो र आरामदायी हुनुपर्दछ । आयु लामो बनाउने क्रममा भवनलाई प्रयोग गर्न कठिन हुने गरी बनाइनुहँुदैन । भवन सबै सदस्यका लागि एकदमै सजिलो र आनन्दायक हुनुपर्दछ । बस्न, खान, सुत्न, भेटघाट गर्न सबै हिसाबले एकदमै मिलेको सेवादायक हुनु आवश्यक छ । एउटा सुविधायुक्त भवनमा खबर तथा सूचना प्राप्त गर्न टिभी च्यानल प्रयोग गर्न सकिने व्यवस्था हुनु आवश्यक छ । भान्सा कोठा खाना खाने कोठासँगै जोडिएको हुनुपर्छ । डाइनिङसँगै बैठक कोठा जोडिएको अति उत्तम मानिन्छ । पाहुना तथा घरका सदस्य भान्सामा जान सजिलो हुनुपर्दछ । झ्यालमा प्रकाश पुग्ने गरी राखिनुपर्दछ । आकाशबाट सीधै सूर्यको प्रकाश पस्ने गरी छानाको व्यवस्था हुनु आवश्यक छ । लुगा–कपडा राख्न आवश्यक व्यवस्था हुनु जरुरी छ । गाडी राख्ने ग्यारेजको उचित व्यवस्था र बाहिर बगैंचा एवं रुखले आकर्षण थप्छ । यी सबै आधुनिक भवनका आवश्यकता हुन् । बलियो र टिकाउपना भवन राम्रो मात्र भएर हुँदैन । बलियो र टिकाउ हुनु आधुनिक भवनको प्रमुख विशेषता हो । वास्तुशास्त्रमा भवनको आयु हजार वर्ष रहेको उल्लेख गरिएको छ । भवन पुस्तौंका लागि परिकल्पना गरेर निर्माण गरिन्छ । तर, त्यसका लागि आवश्यक निर्माण सामग्री गुणस्तर भएर मात्र पुग्दैन, तालिम प्राप्त र अनुभवी मिस्त्री हुनु त्यत्तिकै आवश्यक हुन्छ । यति मात्र होइन, कतिपय निर्माण कार्यमा समेत उत्तिकै ध्यान दिन आवश्यक पर्छ । जस्तो, काठपातमा पानी प¥यो भने छिटो कुहिन्छ । डन्डीलाई चिसोबाट बचाउनुपर्छ । डन्डीमा चिसो पस्यो भने खिया लाग्छ र छिट्टै बिग्रने हुन्छ । पानी म्वाइस्चर, रुखका जरा र जगमा पानीका स्रोत हुनु भवनका आयु प्रतिकूल हुन् । यसबाट बच्नु नै भवनको सुरक्षा गर्नु हो र आयु लम्ब्याउनु हो । सुन्दरता भवनको सुन्दरता पनि महत्वपूर्ण पक्ष हो । त्यही मानिस सजिसजाउ भयो भने राम्रो देखिन्छ । लुगा सफासुग्घर भयो भने असुन्दर पनि राम्रो देखिन्छ । त्यस्तै, भवन पनि रङरोगन र बाहिरी सजावटले निकै आकर्षक देखिन्छ । फूल बगैंचाको पनि भवनमा महत्वपूर्ण भूमिका रहन्छ । फूल बगैंचा भवनका गहना हुन् । सफासुग्घर तरिकाले सजाइएको भवनको आभा मण्डल आकर्षक देखिन्छ । वरिपरि फोहोर गरेको, जथाभावी लुगा सुकाएको, झगडा भइरहेको र सामान यत्रतत्र फालिएको भवन सुन्दर देखिन्न । भवनलाई आकर्षक र सुन्दर देखाउने कार्यमा बाहिरी र भित्री सजावटको प्रमुख भूमिका रहेको हुन्छ । कुनै पनि वस्तु भएर मात्र राम्रो हुँदैन । त्यसलाई आकर्षक ढंगले मिलाउनाले सुन्दरता थप्छ । यो कार्य आर्किटेक्चर र सजावटसम्बन्धी ज्ञान भएका अनुभवी एवं दक्ष कामदारको सहयोगले मात्र सम्भव हुन्छ । वास्तु विधान पुस्तकका लेखक डा. प्रेमराज न्यौपानेले आधुनिक भवनका प्रमुख विशेषताको रूपमा प्रयोगमा सजिलो, बलियोपना र सुन्दरतालाई आकर्षक ढंगले व्याख्या विश्लेषण गरेका छन् । उनको निचोडअनुसार आधुनिक भवन हुन यी तीन प्रमुख विशेषता अति आवश्यक रहेकामा जोड दिएका छन् । इञ्जिनियर तिलक बानिया पनि आधुनिक भवन बलियो र आकर्षक हुनुपर्ने कुरासँग सहमत छन् । त्यसैले निष्कर्षमा के भन्न सकिन्छ भने भवन निर्माण गर्दा खर्च कम गर्ने लालसामा कमजोर, असुविधायुक्त र असुन्दर बनाउनु दुःखकष्ट गरी जीवन गुजारा गरेजस्तै हो ।

घरमा रङरोगन : सुरक्षा र सजावट दुवैका लागि लाभदायक

काठमाडौं । परम्परागत रूपमा नेपाली समाजमा घर रंग्याउनु धर्म, संस्कारसँग जोडिएको छ । विशेषगरी दशैं, तिहारजस्ता पर्वमा घर शृंगारपटार गरेर चिटिक्क पार्नु धार्मिक प्रतिष्ठा मान्ने गरिन्छ । तर, आधुनिक समाजमा घर रंग्याउनु सजावटको प्रमुख स्रोत पनि हो । घर आकर्षक बनाउन र बाहिरी भाग सुरक्षित राख्न रङको प्रयोग गरिन्छ । घरको रङ भित्री र बाहिरी गरी दुई थरीको हुन्छ । घरको भित्री भागमा प्रयोग गरिने रङमा टिकाउको कुनै वारेन्टी नहुने राजमाता इन्टरनेशनलका प्रोप्राइटर श्यामसुन्दरप्रसाद यादव बताउँछन् । यसको कारण हो, कोरिने, सुरक्षा विधि नअपनाउने, आगो र धुँवाबाट क्षति हुन सक्नेजस्ता समस्या । बाहिरी भागमा भने ७ देखि १० वर्षसम्मको वारेन्टी दिन सकिने उनले बताए । भनिन्छ, रङको प्रयोगले मानिसमा आनन्दानुभूति हुने, खुसी महसुस हुने, ऊर्जा दिने, सकारात्मक सोच र जोशजाँगर आउने आदिको प्रभाव हुन्छ । बजारमा ग्राहकको इच्छाअनुसार रङ पाइन्छन् । रातो, पहेंलो र नीलोलाई प्राकृतिक रङ भनिन्छ । अन्य रङ भनेको यिनै रङको संयोजन हो । आफ्नो चाहनाअनुसारको रङका लागि उत्पादक कम्पनीले तयार पारेको क्याटलगअनुसार छान्न सकिन्छ । त्यो छानेको रङअनुसार एकभन्दा बढी रङको मिश्रणबाट तयार गरिन्छ । त्यसपछि अनुभवी पेन्टरद्वारा घर रंग्याउनु उचित हुन्छ । घरको बाहिरी भागमा रङ लगाउँदा टिकाउ र वालको सुरक्षा गर्न मिल्ने गरी रङको प्रयोग गर्न सकिने सुविधा छ । इञ्जिनियर तिलक बानियाका अनुसार अहिले बजारमा वेदरकोट रङ छानीछानी र रोजीरोजी उपलब्ध छ । यसले घरको सुरक्षामा समेत सहयोग पुर्‍याउँछ । घरको वाल खुइलिन नदिने, लेउ लाग्नबाट बचाउने, भित्ता बिग्रनबाट जोगाउनेजस्ता कार्यमा यसले सहयोग पुर्‍याउँछ । रङ लगाउँदाका फाइदा भित्तामा लेउ लाग्नबाट बचाउँछ । वाल खुइलिन र चर्किन दिँदैन । खिया लाग्नबाट बचाउँछ । ओस प्रतिरोधात्मक हुन्छ । धुलो प्रतिरोधात्मक हुन्छ । बाहिरी हावापानी, सूर्यको किरण, प्रदूषण आदिबाट रोक्ने कार्य गर्दछ । त्यति मात्र होइन, यसले घरलाई आकर्षक र सुरक्षित बनाउनमा सहयोगी भूमिका खेल्छ । सात वर्षे वारेन्टी रङको प्रयोग विधि रङ टिकाउ र बलियो बनाउन सही प्रयोग आवश्यक हुन्छ । जसअनुसार पहिलो कोट इलास्टो प्रयोग गर्ने । दोस्रो कोट डब्लुपी वालपुट्टी प्रयोग गर्ने । तेस्रो कोटमा इलास्टो प्रयोग गरिन्छ र चौथो कोट अर्थात् अन्त्यमा अलगार्ड रङ लगाइन्छ । दस वर्षे वारेन्टी रङको प्रयोग विधि रङ प्रयोगमा जति ध्यान दिइन्छ, त्यति नै टिकाउ हुने भएकाले विधि पुर्‍याउनु आवश्यक छ । यही विधि प्रयोग गरी घर रंग्याउँदा १० वर्षे वारेन्टी हुने विश्वास दिलाइन्छ । यसअनुसार पहिलो कोटमा पियु कोट प्रयोग गरिन्छ । दोस्रो कोटमा डब्लुपी वालपुट्टी प्रयोग गरिन्छ । तेस्रो कोटमा पियु कोटको प्रयोग गरिन्छ र चौथो कोट अर्थात् अन्त्यमा लङ लाइफ रङ प्रयोग गरिन्छ । अनुभवी मिस्त्री रङ लगाउन वारेन्टी भनेर मात्र नहुने यादव बताउँछन् । पूर्ण वारेन्टीका लागि रङ कम्पनीबाट तालिम प्राप्त पेन्टर आवश्यक पर्छ । कम्पनीबाट रङको डिलरलाई प्रयोग गर्नेसम्बन्धी तालिम र ज्ञान उपलब्ध गराइएको हुन्छ । सोहीअनुसार प्रयोग गरे मात्र त्यसको टिकाउपनको वारेन्टी पाउन सकिन्छ । अर्थात्, रङ लगाउन केही मापदण्ड तोकिएको हुन्छ । सोहीअनुसार प्रयोग गर्नु आवश्यक छ । मापदण्ड वा सही मिश्रण र प्रयोग तरिकामा एकरूपता भए मात्र टिकाउनपन वारेन्टी हुन सक्छ । घरको बाहिरी भागमा प्रयोग गरिने रङको मिश्रण घरको बाहिरी भागमा प्रयोग गरिने विभिन्न रङको संकलन पाइन्छ, जुन रङको ब्रोसर डिलरमा उपलब्ध हुन्छ र इच्छाएको रङ प्रयोग गर्न सकिन्छ । केही कलेक्सनको नाम यहाँ उल्लेख गर्नु सान्दर्भिक छ । जस्तो, नेचुरल्स, येल्लो र ओकर्स, पिचेस र ब्राउन, पिन्क र पर्पल, ब्लु र अक्वा, ग्रिन र लाइम आदि प्रमुख छन् । आफ्नो इच्छाअनुसारको रङ छनोटलाई डिलरले घरको नापअनुसार चाहिने आवश्यक रङ मिश्रण गरी तयार गरिदिन्छन् । सो रङलाई अनुभवी पेन्टरबाट प्रयोग गर्नुपर्छ । घरको भित्री भागमा प्रयोग गरिने रङको मिश्रण घरको भित्री भागमा प्रयोग गरिने रङको संयोजन छुट्टै किसिमको हुन्छ । रङको डिलरको सल्लाहबमोजिम छनोट गरी प्रयोग गर्ने सुविधा बजारमा उपलब्ध छ । येल्लो र ओरेन्ज, पिच र ब्राउन, ब्लु र टिल, ओलिभ र ग्रिन, पास्टेल र नेचुरल आदि प्रमुख छन् । घरमा रङ लगाउँदा खर्चको कन्जुस्याइँ गरेर केही दिनका लागि मात्र वा टिकाउ नहुने रङको प्रयोग राम्रो मानिँदैन । खर्च कम गर्ने नाममा गरिने कतिपय रङ पुछिने, उजाड हुँदै जाने, खुइलिएर जानेजस्ता समस्या देख्न सकिन्छ । त्यसले भित्ता वा वालको सुरक्षा गर्दैन र रङ लगाउनुको अर्थ पनि रहँदैन । घर रंग्याउनु भनेको घर सजाउनु हो र घरको सुरक्षा पनि गर्ने भएकाले सकभर वारेन्टी भएको रङ प्रयोग गर्नु बृद्धिमानी हुन्छ ।

घर बनाउँदै हुनुहुन्छ ?

काठमाडौं । घर वासस्थान मात्र होइन, सुरक्षा पनि हो । खर्चको कन्जुस्याइँमा कमसल घर बनाउनु जीवनलाई धरापमा थाप्नुसरह हो । त्यसैले घर निर्माण कार्यमा जग्गा छनोटदेखि रङरोगनसम्ममा विशेष ध्यान दिनु आवश्यक छ । जग्गा छनोट भवन निर्माणको पहिलो कार्य जग्गा छनोट हो । चार कुना मिलेको, बाढीपहिरोको जोखिम नभएको, ढल, सेप्mटी टयांकीको निकास भएको, खानेपानी, बिजुली, सडक सुविधा भएको, धेरै भिरालो नभएको, पहारिलो (घाम लाग्ने), स्वस्थ वातावरणयुक्त, पुरिएको माटो नभएको आदि कुराले युक्त भएको जमिन भवन निर्माणका लागि उपयुक्त मानिन्छ । जमिनको संरचनाअनुसार भवन निर्माणमा प्रयोग गरिने सामग्री र जगको गहिराइ कतिसम्म हुने भन्ने निक्र्योल गर्छ । त्यसैले भवन निर्माणअघि जमिनको माटो परीक्षण गराउनुपर्छ । माटोको भारवहन क्षमताअनुसार संरचना निर्माणमा ध्यान पुर्‍याउनुपर्ने विषय मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ ।   आर्किटेक्ट इन्जिनियरिङ घर निर्माणको स्वरूप निर्धारण कार्य आर्किटेक्ट हो । जमिनको आकारअनुसार कस्तो भवन बनाउने भन्ने निक्र्योल आर्किटेक्टको हो । अर्थात, घर बनाउने कार्य नक्सा डिजाइनबाट सुरु हुन्छ । घरको पूर्ण आकार दिने कार्य आर्किटेक्ले गर्छ । भवन कति तलाको बनाउने, साइज कति हुने, झ्यालढोका कता फर्काउने, कोठाको साइज कति हुने, भान्साघर कता फर्काउने, बाथरुम, टवाइलेट (भित्री सजावट) कस्तो बनाउन उपयुक्त हुन्छ, बगैंचा, पार्किङ कहाँ र कस्तो बनाउने, बैठक कोठा, बेडरुमलगायत सबै नक्सामा उल्लेख गरिन्छ । त्यसैले भनाइ छ, आर्किटेक्ट इञ्जिनियर इञ्जिनियरको पनि इञ्जिनियर हो । उसले भवनको सम्पूर्ण भू(भाग अध्ययन गरेको हुन्छ र कोठाचोटा चहारेको हुन्छ । घरधनीले चाहेजस्तो भवनको नक्सांकन र सहज निकास हुने गरी डिजाइन गर्ने कार्य आर्किटेक्टले गर्छ ।   भवनको मापदण्ड निर्धारण जसरी भवन निर्माण कार्यका लागि विभिन्न मापदण्ड तोकिएको छ, त्यसैगरी भवन निर्माण्माा प्रयोग गरिने सामग्रीको पनि मापदण्ड तोकिएको छ । भवनको तलाअनुसार जगको मापदण्ड बनेको छ । जति अग्लो भवन बनाइन्छ, त्यति नै बलियो जग बनाउनुपर्ने हुन्छ । जगले नै भवनको आयु निर्धारण गरेको हुन्छ । त्यसपछि अर्को महत्वपूर्ण भाग पिलर हो । पिलर पनि भवनको तलाअनुसार डन्डीको प्रयोग गर्नुपर्छ । मापदण्ड अनुसार सिमेन्ट, बालुवा, गिटीको मिश्रण हुनु आवश्यक छ । प्राकृतिक प्रकोपको डर, त्रासमा वृद्धि भएसँगै प्रविधिको विकास पनि तीव्र विकास भइरहेको छ । यी स्ट्रक्चरल कार्य हुन । यसका लागि अहिले स्ट्रक्चरल इञ्जिनियर हुने प्रावधान राखिएको छ । यिनले सिमेन्ट, बालुवा, गिटी, रड आदिको प्रयोगसम्बन्धी मापदण्ड तोक्ने कार्य गर्छन । अहिलेको नियमअनुसार स्ट्रक्चरल इञ्जिनियरले तोकेको मापदण्ड पूरा भएन भने घर पास हुँदैन । सो मापदण्डअनुसारको निर्माण कार्य भइरहेको छ÷छैन अनुगमन, निरीक्षण गर्ने कार्य सिभिल इञ्जिनियरको हो । त्यसैगरी बिजुली वायरिङ, प्लम्बिङ, रङरोगन कार्यमा समेत विशेष ध्यान दिन जरुरी छ । प्लम्बिङको वायरिङ वालभित्र गरिनु भविष्यका लागि समस्या हुन सक्छ । त्यसैले प्लम्बिङ, वायरिङ वालबाहिर गर्नु उपयुक्त हुन्छ र ठीकसँग वायरिङ हुनु पनि त्यत्तिकै महत्वपूर्ण छ ।   भवन निर्माणजस्तो काममा सीधा सिंगो घरको आकारलाई मात्र बुझियो भने त्यो कच्चा काम हुनेछ । पहिलो कार्य घर बलियो बनाउन गुणस्तरीय सामान हुनु अति आवश्यक छ । सामान गुणस्तरीय मात्र भएर पनि पुग्दैन । त्यसको उचित मात्रा मिलाएर उचित प्रयोग गर्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले घर बनाउँदा भवन विभागले तोकेको मापदण्डअनुसारको कार्य गर्न सक्ने दक्ष र अनुभवि मिस्त्री हुनु जरुरी छ । एउटा दक्ष कामदारको महत्व कति छ भन्ने कुरा प्राचीन मठ, मन्दिर निर्माणबाट प्रस्ट हुन्छ । जस्तो, काठैकाठले जोडेर बनाएको मन्दिरमा दुई वटा काठबीचको जडानलाई हेरे पुग्छ, जुन शताब्दीयौं वर्षसम्म पनि त्यसको जडान जस्ताको तस्तै कसरी रहन सके होला ? यसको सीधा अर्थ घर बलियो बनाउन सामान गुणस्तरीय मात्र भएर पुग्दैन, त्यसलाई उचित प्रयोग गर्न सक्नु पनि हो । भवन निर्माण कार्यमा दक्ष र अनुभवी मिस्त्रीको आवश्यकतामाथि जोड दिन्छन, इञ्जिनियर तिलक बानिया ।  गुणस्तरीय सामग्रीको उचित मिश्रण र मापदण्डअनुसार तयार गर्न सकिएन भने त्यसको औचित्य नरहने उनको भनाइ छ ।  नेपालमा गुणस्तरीय सामग्री उपलब्ध हुँदाहुँदै पनि कमसल घर बन्नुमा दक्ष कामदार अभाव रहेको बानियाको स्वीकारोक्ति छ । त्यसैले जसरी पनि घर बनाउने चाहनाले घरको आयु छोटयाउने उनले बताए ।