इराकमा १२ जना नेपाली नागरिकको हत्या भएको आज १८ वर्ष पूरा भएको छ । २०६१ साल भदौमा जोर्डन हुँदै इराक पुगेका नेपाली १२ जना नागरिकलाई इराकी अतिवादी समूह सुन्नीले २०६१ साल भदौ १५ गते राति हत्या गरेको थियो ।हत्या गर्नुभन्दा पहिले सुन्नी समूहले १२ जना नेपाली नागरिकलाई भदौ ४ गते अपहरण गरेका थिए । अपहरणमा परेको सूचना पनि नेपाल सरकारलाई दिइएको थियो । नेपाल सरकारले आफ्ना नागरिकलाई बचाउन कोसिस गरेको भए पनि त्यो सम्भव भएन र अन्त्यमा अतिवादी समूहले घाँटी रेटेर तथा टाउकोमा गोली हानेर उनीहरुको हत्या गरेको