प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक बोलाइएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेगरी बिहान ९ बजेका लागि बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए ।
पछिल्लो राजनीतिक घटनाक्रमका साथै पार्टीको आन्तरिक विवाद र सर्वोच्चबाट पछिल्लो समय भएका फैसलाका विषयमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले केही दिनअघि सरकारका २० मन्त्रीलाई पदमुक्त गरिदिएको थियो भने एमालेले बनाएको महाधिवेशन आयोजक कमिटीलाई पनि मान्यता दिएको थिएन ।
२० मन्त्रीलाई पदमुक्त गरेको विषयमा एमालेले सार्वजनिक रुपमै असन्...