काठमाडाैँ- लामो समयसम्म विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ। अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो। ‘अध्यक्षज्यूको समूहले विधानविपरीत पदाधिकारी तथा केन्द्रीय समितिको संख्या थपेपछि हामीले आपत्ति जनाउँदै आएका थियौँ। तर, […]