काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने बताएका छन् ।
सोमबार अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले एमाले निर्वाचनका माध्यमबाट अहिलेको सरकारलाई विस्थापित गरेर र एमालेको नेतृत्वमा जनादेशको...