अतिक्रमित डेढ सय बिघा जग्गा खाली गरायौँ

नवराजपुर गाउँपालिका सिराहाको पूर्वी भेगमा हुलाकी लोकमार्गसँग जोडिएको छ । कुल ३२.१८ वर्गकिलोमिटरमा फैलिएको यो गाउँपालिकाको पूर्वमा भगवानपुर, उत्तरमा सखुवानानकरपट्टी, पश्चिममा बरियारपट्टी र लक्ष्मीपुर गाउँपालिका पर्छन् । दक्षिणमा भारतको सिमानासँग जोडिएको यो गाउँपालिका साबिक भगवतीपुर, तामसुइया, मझौरा फुलवरिया गाविस मिलाएर बनेको हो । विभिन्न जातजाति र किसानको बाहुल्य रहेको यस गाउँपालिकामा पहिलो पटक जनता समाजवादी पार्टी नेपालबाट अध्यक्षमा शिवउद्गार यादव निर्वाचित हुनुभएको छ । गाउँपालिका अध्यक्ष यादवसँग गोरखापत्रका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानी :

सम्बन्धित सामग्री

अतिक्रमित जग्गा खाली गर्ने तनहुँको उदाहरण

तनहुँको सदरमुकाम दमौलीको सात रोपनी अतिक्रमित जग्गा जिविसले खाली गराउन सफल भएको छ । यसले प्रशासनको दृढ इच्छाशक्ति र उसलाई सबैको सहयोग भए जटिल काम पनि सहज रूपमा हुने उदाहरण प्रस्तुत गरेको छ । अब देशको केन्द्रीय नेतृत्वसमक्ष एउटा गम्भीर प्रश्न उपस्थित भएको छ, तनहुँ प्रशासनले अतिक्रमित जग्गा यसरी खाली गराउन सक्छ भने काठमाडौंको प्रशासन किन सक्दैन ?  यसबाट काठमाडौं उपत्यकाभित्रका हजारौं रोपनी अतिक्रमित जग्गा खाली गराउनका लागि दृढ इच्छाशक्ति, चाहना र इमानदारीको अभाव रहेको प्रस्ट हुन्छ । १०–२० वर्षअघिसम्म खोला बग्ने काठमाडौंका धेरै जग्गाहरूमा अहिले आलिशान महल ठडिएका छन् । विशेषगरी कर्मचारीतन्त्रको उच्च तह, राजनीतिक नेतृत्व तथा समाजका उच्च वर्गीयहरूको प्रभाव र उनीहरूको संलग्नतामा यस्ता जग्गाहरू अतिक्रमण भएको तथ्य कसैबाट छिपेको छैन ।  (सम्पादकीयबाट)  वर्ष ६, अंक ७७, मंगलवार, २१ मंसिर, २०६७

वीरगञ्ज महानगरले अढाइ कठ्ठा जग्गाको अतिक्रमण हटायो

१४ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ कट्ठा १० धुर अतिक्रमित जग्गा खाली गरेको छ । महानगरपालिकाको वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुल नजिकैको अतिक्रमित २ कट्ठा १० धुर जग्गा खाली गरेको हो । यो जग्गा केहि व्यक्तिले वर्षौंदेखि अतिक्रमण गरेर प्रयोग गरिरहेका थिए । मंगलबार नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर […]

माईराम पोखरीको अतिक्रमण खाली गराउन वीरगंज महानगरले चलायो डोजर

वीरगंज : वीरगंज महानगरपालिकाले चिल्ड्रेन पार्क (पुरानो माईराम पोखरी)को अतिक्रमित जग्गा खाली गराउन अभियान सुरू गरेको छ। नगरप्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि चिल्ड्रेन पार्कको अतिक्रमित जग्गा खाली गराउन दोस्रोपटक अभियान सुरू भएको हो। हिजोबाट सुरु भएको अभियान आज पनि जारी छ। कात्तिक २१ गते महानगरले सो अभियान प्रारम्भ गरेको थियो।…

अतिक्रमित सार्वजनिक ऐलानी जग्गा खोज्दै वीरगञ्ज महानगरका वडाध्यक्ष

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले पनि महानगर अन्तर्गत रहेका अतिक्रमित सार्वजनिक ऐलानी जग्गाहरूको खोजी गरी त्यसलाई संरक्षण गर्नेतर्फ लागेको छ। महानगरमा रहेको ३२ वटै वडाहरूमा अतिक्रमित सार्वजनिक ऐलानी जग्गाको खोजी गरी त्यसलाई महानगर मातहतमा ल्याउन महानगर लागि परेको छ। जसका लागि महानगरले बोर्ड बैठक गरी ३२ वटै वडाहरूमा सार्वजनिक ऐलानी अतिक्रमित जग्गाहरू खाली गराउनका लागि वडाध्यक्षहरूलाई आग्रह […]

अतिक्रमित जग्गा खाली गर्न सहकारी बोर्डको माग

राष्ट्रिय सहकारी विकास बोर्डको जग्गा अतिक्रमणमा परेको छ । केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) सँगैको जग्गा जमिन अतिक्रमणमा परेको हो । २ विघा ९ कट्टठा ११ धुर जग्गा अतिक्रमणमा परेको बोर्डले जनाएको छ । सो जग्गामा व्यापारिक प्रयोजनका लागि बाँसका टहरा निर्माण भएका छन् ।शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै अतिक्रमित जग्गा खाली गर्न बोर्डले आग्रह […]

वाग्मतीको अतिक्रमित जग्गा खाली गर्ने अभियान अलपत्र

समितिले निकालेको तथ्यांकअनुसार तिलगंगादेखि थापाथलीसम्म वागमती नदीको दायाँबायाँ किनारामा १ हजार ६ सय ६४ दशमलव १७ वर्गमिटर जग्गा अतिक्रमण गरिएको छ। यसमा किनार क्षेत्र कब्जा गरेर अव्यवस्थित बसोबास गर्ने तथा सुकुम्बासीले हडपेको जग्गा भने जोडिएको छैन।...

गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन

काठमाडौ‌ं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ । ‘केही […] The post गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

अतिक्रमित वन क्षेत्र खाली गराइ वृक्षाराेपण गरियाे

दाङ – सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतीपाती गर्दै आएको करिब ५ कठ्ठा जग्गा डिभिजन वन कार्यालय दाङले आज शनिवार खाली गराएको छ । घोराही उपमहानगरपालिका वडा नं ५ धर्नाको बसन्तपुर सामुदायिक वन क्षेत्र अतिक्रमण गरी लगाएको मकै खेती खाली गराएको हाे । अतिक्रमित वन क्षेत्र खाली गराइ त्याे ठाउँमा आजै वृक्षारोपण पनि गरिएको छ । स्थानीय खिमबहादुर सार्कीले सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतपाती गरेका थिए । अहिले त्यहाँ ५० वटा खयरका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहाद...