पर्साको गर्दौलमा अतिक्रमित जग्गा खाली गराउन प्रहरी परिचालन, स्थानीय विरोधमा उत्रिए

वीरगंज : जग्गाको विषयमा विवाद उत्पन्न भएपछि पर्साको विन्ध्यवासिनी गाउँपालिकाको गर्दौलमा तनावग्रस्त अवस्था सिर्जना भएको छ। गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको निर्देशनमा विद्यालय र ऐलानी जग्गा खाली गराउने क्रममा तनाव सिर्जना भएको हो। गर्दौलमा विद्यालयको जग्गा २ विघा १५ धुर र गाउँपालिकाको करिब ६२ कठ्ठा ३ धुर सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा…