तनहुँ – सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्यो । त्यस कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन् । कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन् ।
प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि त्याे दरबन्दी रिक्त छ । कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिनुभयो ।
“कर्मचारी अभावले बजार अन...