ललितपुर – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ । सचिव भट्टराईले आज शुक्रवारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकले आउँदाे चुनावमा बहुमत ल्याउने सङ्कल्पसहितको सन्देश दिने दाबीसमेत गर्नुभयो ।
न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले देशको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा एमाले नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै त्यही आवश्यकता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रीय कमिटीमार्फत चुनावी रणनीति...