दैनिक दुई–तीन सय पीडित न्याय माग्दै वैदेशिक रोजगार विभाग पुग्छन् तर महिनौंसम्म विभागले उनीहरूलार्ई झुलाउँदै आएको कुरा सामान्य बनिरहेको छ। पीडितको हातमा ठगिएको प्रमाण भए तापनि म्यानपावरको बोली नै बलियो भएको छ।...
काठमाडौं, २५ चैत्र । सरकारले मिटरब्याज पीडितको दोस्रो टोलीलाई वार्तामा बोलाएको छ । केही दिनअघि ११ दिन पैदल हिँडेर आएको मिटरब्याज पीडित टोलीसँग ५ बुँदे सहमति गरेको सरकारले दोस्रो टोलीलाई पनि वार्तामा आउन आह्वान गरेको हो । मिटरव्याज पीडितको दोस्रो टोलीले सरकारसँग विविध माग राख्दै निरन्तर आन्दोलन गरिरहेको छ । उनीहरुले केही दिनअघि प्रधानमन्त्रीको सरकारी […]
काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्। म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्याएपछि गृहमन्त्री खाणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र […]
काठमाडौँ– पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जना युट्युब च्यानल सञ्चालकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोपमा गुल्मी भनभने–९ स्थायी ठेगाना भइ हाल बुटवल बस्दै आएका २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट अनुमति […]
काठमाण्डाै – पीडितको चरित्र हत्या गर्ने सेलेब नेपाल (Celeb Nepal) नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् ।
पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने गुल्मीको भनभने घर भइ बुटबल बसेर युट्युब च्यानल चलाउने राहुल थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थपको अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
यस्तै फेसबुकमा नाबालिकाको अश्लील तस्बिर र अश्लील स्टाटस फेसबुकमा अपलोड गरेर उनका...
काठमाडौं, १३ असोज । पाल्पामा मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन् । मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो । पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालाई र्प्रहरीले पक्राउ गरेको हो । गोरखा पालुङटारका दीपक भन्ने ३६ वर्षका प्रदीप गुरुङ, मोरङग उर्लाबारी नगरपालिका– ९ का धनबहादुर विश्वकर्मा, पथरी शनिश्चरे नपा […]
काठमाडौं। नेपाल मानव अधिकारी आयोगले सरकारसँग बाढी पहिरो पीडितको जानकारी मागेको छ। आयोगले आज एक विज्ञप्ती जारी गर्दै बाढी पीडितको उद्धार र राहतका लागि भइरहेको कामको जानकारी मागेको हो। हाल देशभर बाढी र पहिरो आएको छ। जसबाट लाखौं घरबारविहीन भएका छन् भने धेरैको मृत्यु भएको छ।
तनहुँ / तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस गरिएको छ । व्यास र म्याग्देका दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको दोस्रो पटक डायलासिस गरिएको हो । दुवै मिर्गौला पीडितले विगतदेखि नै यहीँ डायलासिस गराउँदै आएका थिए । कोरोना सङ्क्रमित भएपछि व्यासका मिर्गौला पीडितले गत शुक्रबार र म्याग्देका मिर्गौला पीडितले...
The post दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस appeared first on Purbeli News.