प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने पक्षमा गगन र विश्वप्रकाश

काठमाडौं :  नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने भएको छ। पार्टीका दुई महामन्त्रीले भने दाहाललाई मत दिन नहुने बताउँदै आएका छन्।मंगलबार संविधानसभा भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दाहालको पक्षमा त हाल्न नहुने बताएको बैठकमा रहेका एक नेताले बताए।सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको पार्टीका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।प्र

सम्बन्धित सामग्री

कांग्रेसका ५ नेताले राखे तीन बुँदे फरक मत (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा पाँच नेताले फरक मत राखेका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले तीन बुँदे फरक मत राखेका हुन् ।

विश्वासको मत दिने निर्णयमा गगन र विश्वप्रकाशसहित कांग्रेसका पाँच नेताकाे असहमति

काठमाडाैँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिने निर्णय गरेकाे छ। पार्टीले गरेकाे साे निर्णयमा पाँच नेताहरूले भने असहमति जनाएका छन्। महामन्त्रीद्वय: गगन थापा, विश्वप्रकाश शर्मासहित अर्जुननरसिंह केसी, प्रदीप पाैडेल र प्रकाशमान सिंहले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका हुन्। मंगलबार दिउँसाे बसकाे कांग्रेकाे कार्यसम्पादन समितिकाे बैठकले सरकारमा नगएर प्रतिपक्षमै बसे […]

कांग्रेसका ५ नेताले राखेको फरक मतमा के छ ?

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा नेपाली कांग्रेसका पाँच नेताले फरक मत राखेका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले तीन बुँदे फरक मत राखेका हुन् । सदनमा सशक्त प्रतिपक्ष आवश्यक रहेको भन्दै उनीहरुले सरकारलाई विश्वासको मत दिएको परिस्थितिमा […]