मर्स्याङ्दी करिडोरको बिजुली राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न र भरतपुरबाट पूर्व–पश्चिम बिजुली लैजान तयार हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन तथा सबस्टेसन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । मनाङको धारापानीबाट सुरु भएर भरतपुर आँपटारीसम्म आएको मर्स्याङ्दी करिडोरको ११२ किमि प्रसारण लाइनभित्र भरतपुरसहित गरी चार सबस्टेसन छन् ।