काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ जना युवा उद्यमीलाई नेपाल सरकारले पुरस्कृत गरेको छ ।
नौ जनामध्ये आठ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार र एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । सूर्या इन्डस्ट्रिज प्रालीका सञ्चालक रुपन्देहीका शिव पराजुली यो वर्षको उत्कृष्ट उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको छ । यस्तै रुपन्देहीकै भुदुरप्रसाद थारु, मोरङका सनोजकुमार माझी, कास्कीका भोजराज पुवाली, सुनसरीकका धनबहादुर राई, संखुवासभाका शम्भुजित राई, नवलपरासीका गोविन्दनन्द महतो, चुणामणी चौधरी र झा...