गत असार १० गते १८ सयको हाराहारीमा आएको सेयर बजार मापक नेप्से परिसूचक साउन १६ गते २२२४ विन्दुमा पुग्यो । ३२ सय विन्दुबाट फर्केको बजार १८ सयबाट बढ्न थालेपछि बजारले अब गति लिन्छ कि भन्ने आश लगानीकर्ताको थियो ।तर, बजार बढेन । नेप्से परिसूचक फेरि १८ सयको हाराहारीमा आउने गरी घटिरहेको छ । कुनै समय दैनिक कारोबार रकम २१ अर्ब रुपैयाँ पुगेको थियो । अहिले घटेर दैनिक १ अर्ब रुपैयाँभन्दा पनि कम छ ।तुलनात्मक रूपमा राम्रा सूचीकृत कम्पनीको सेयर मूल्य पनि निकै तल आइसकेको छ । जस्तो कि कुमारी बैंकको सेयर मूल्य १८५