साना किसानले २६ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर दिने भएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त बोनस शेयर दिने घोषणा गरेको हो । त्यस्तै कर तिर्न १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बोनस शेयर नियामक नेपाल राष्ट्र बैंक र साना किसानको आगामी […]

सम्बन्धित सामग्री

सिटिजन लाइफको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश घोषणा गरेको छ । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी सातौं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आइतवार तीन कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । नयाँ सारथी लघुवित्तको १९ प्रतिशत, साना किसान विकास लघुवित्तको २६ प्रतिशत र उपकार लघुवित्तको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नयाँ सारथी लघुवित्तको ५ लाख ७६ हजार ४५० दशमलव ९९ कित्ता, साना किसान विकास लघुवित्तको ४० लाख ६७ हजार ४७५ दशमलव ६९१८ कित्ता र उपकार लघुवित्तको ४ लाख ५ हजार २३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।  उपकार लघुवित्तले यस वर्ष गत वर्षको मुनाफाबाट बोनस शेयरसँगै कर प्रयोजनका लागि ३ दशमलव २५ प्रतिशत नगद लाभांशसमेत वितरण गरेको छ । उपकार लघुवित्तले गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरेको थियो । नयाँ सारथी लघुवित्तले भने चैत २८ गते सम्पन्न १४औं वार्षिक साधारण सभामार्फत १९ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साना किसान विकास लघुवित्तले चैत १० गते सम्पन्न २१ औं वार्षिक साधारणसभामार्फत बोनससँगै कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांशको प्रस्तावसमेत पारित गरेको थियो ।  यी तीन कम्पनीहरूले बोनस शेयर प्रयोजनका लागि नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेकाले सम्बन्धित शेयरधनीहरूले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्नुपर्ने छैन । सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश प्रस्ताव, बोनस शेयर कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १२ अर्ब २३ करोड २५ लाखको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल सरकार, नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश  वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर केही घटेको छ ।

आरएमडीसीको २६ प्रतिशत बोनस शेयर पारित

आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.को २४औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभाको सभापतित्व संस्थाका अध्यक्ष सुजाता जोशीले गरेकी हुन् । उक्त सभाले संचालक समितिका अध्यक्ष जोशीले प्रस्तुत गरेको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदनसहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको हो । अध्यक्ष जोशीले आ.व.२०७८/०७९ को वार्षिक […]

महुली लघुवित्तले वितरण गर्‍यो २६% बोनस शेयर

वैशाख २६, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २६ प्रतिशत बोनस शेयर सोमवारदेखि वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले गत पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात् कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको हो ।  साविकको नव किरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न भई २०७७ मंसिर ८ गतेदेखि एकिकृत कारोबार शुरु भएको थियो ।  उक्त मितिदेखि दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको छ । तर उक्त मिति पश्चात शेयर धारण गरेका शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर वापतको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।  सम्बन्धित शेयरधनीहरुले बोनस शेयरको कर बापतको रकम कम्पनीको सनराइज बैंक लिमिटेड, कमलपोखरी, काठमाडौंमा रहेको एसआरसिएल महुली बोनस ट्याक्स ७७.७८ नाममा रहेको खाता नम्बर ०६९०३७१११४७०१०२४ मा जम्मा गर्न बैंकले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

महुली लघुवित्तको २६% बोनस शेयर सूचीकृत

वैशाख २२, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बिहीवार  नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ५ लाख ८२ हजार २५४ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

हिमालयन बैंकको साधारणसभाबाट २६% लाभांशको प्रस्ताव पारित

हिमालयन बैंकको साधारणसभाले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। बैंकको २९ औं वार्षिक साधारणसभाले २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश  दिने प्रस्ताव पारित गरेको हो। बैंकको नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुन लागेको मर्ज सम्बन्धी विशेष प्रस्ताव भने साधारणसभाले अस्वीकृत गरेको जनाएको छ। उपस्थित शेयरधनीमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव स्वीकृत भएको मानिने व्यवस्था भएकोमा आवश्यक मत नपुगेको कारण अस्वीकृत भएको बैंकले जारी गरेक...

हिमालयन बैंकको २६ प्रतिशत लाभांश घोषणा

हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश वितरण गर्ने घोषणा गरेको छ।

हिमालयन बैंकले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २१ दशमलव ३६ प्रतिशत बोनस शेयर ४ दशमलव ६४ प्रतिशत लाभांश गरेर कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।