गल्कोट : बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो।
धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा…