लमजुङमा डेङ्गुको संक्रमण बढ्दै गएको छ । गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो २ महिनामै डेङ्गु संक्रमित देखिएका छन् । गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेङ्गु संक्रमण देखिएको छ । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा ४ जनामा डेङ्गु संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजार स्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर