वैशाख २१, काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले जेठ १४ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा आभ्या क्लव, पोखरामा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनका लागि वैशाख ३० गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।