राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले पार्टीमा आमूल परिवर्तन गर्ने अभियानमा आफूहरु रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी ६ महिना, एक वर्षमा पार्टीलाई कम्युनिस्ट र काँग्रेसको जरो उखेलेर फाल्ने अभियानको एउटा चरणमा लैजाने बताए ।उनले एउटा अध्यक्ष गएर अर्को अध्यक्ष आउँदैमा पार्टी अगाडि नबढ्ने भन्दै आफूहरु नेतृत्व परिवर्तनको पक्षमा मात्र नरहेर नयाँ सोच, नयाँ विचार लिएर आमूल परिवर्तन गर्ने अठोटका साथ अघि बढेक