वैदेशिक लगानीका अवरोधक

नेपालले आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानीका लागि विशेष महत्त्व दिएर काम गरिरहेको भए पनि अमेरिकाले यस्तो वातावरण बन्न नसकेको निष्कर्ष निकालेको छ । वैदेशिक लगानीको खोजी गरिरहेको नेपालका लागि अमेरिकाको यस्तो प्रतिवेदनले झस्काएको छ किनभने विश्व वित्तीय बजारमा अमेरिकाका पकड निकै बलियो छ र उसको भनाइले सम्भाव्य लगानीकर्ताका माझ विशेष अर्थ राख्छ । यद्यपि सबै लगानीकर्ताले अमेरिकी भनाइअनुसार लगानी निर्णय गर्छन् नै भन्नेचाहिँ छैन । एमसीसी यथावत् वा परिमार्जित रूपमा पारित गर्नुपर्छ वा नचाहिए फिर्ता लैजाऊ भनेर स्पष्टसँग भनिदिनुपर्छ । यसरी अन्योलमा राख्दा राष्ट्रिय छवि थप नकारात्मक हुनेछ । अमेरिकाको असन्तुष्टि नेपालले मिलेनियम कर्पोरेशन च्यालेन्ज फन्डको सम्झौता संसद्बाट पारित गर्न नसकेकोमा रहेको बुझ्न सकिन्छ । नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण मानिएको यो सम्झौतामा नेपालका राजनीतिक दल र विश्लेषकहरूबीच निकै विवाद रहिआएको छ । यो अनुदान सहयोग इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएकाले स्वीकार्नु हुँदैन भन्नेको जमात निकै ठूलो छ भने अर्थशास्त्रीहरूले यसमा आपत्ति नै जनाउनुपर्ने प्रावधान नरहेको बताउँदै आएका छन् । नेपालले नै प्रस्ताव गरेर प्राप्त गरेको यो सहयोग संसद्बाट पारित नभई लागू हुन सक्दैन । एमसीसीअन्तर्गत बन्ने पूर्वाधारका लागि सरकारले केही खर्च गरिरहेको छ । अमेरिकाले यसको छिनोफानो चाँडो गर्न भनिरहे पनि सत्तारूढ दलभित्रको किचलो र असमझदारीले यो अगाडि बढाउन कठिन नै देखिन्छ । अहिले पनि यसलाई राष्ट्रघाती मान्नेहरू सरकारमा छन् र यसलाई जस्ताको त्यस्तै पारित गर्नुपर्छ र संशोधनसहित पारित गर्नुपर्छ भन्नेहरू नै सरकारका प्रमुख घटक भएकाले यो त्यति सहजै पारित हुने सम्भावना देखिँदैन । नेपाल सरकारकै मागबमोजिम आएको परियोजना अघि बढाउन सरकार तयार हुँदैन भने त्यसले विश्वमा नकारात्मक सन्देश जाने निश्चित छ । वैदेशिक सहयोग र लगानीप्रति आशंका गर्ने र विदेशी लगानीका कम्पनीले मुनाफा फिर्ता लैजाँदा अनेक किसिमका झन्झट बेहोर्नुका साथै आरोपसमेत खेप्नुपर्ने अवस्थामा उनीहरू लगानीका लागि अकर्षित नहुनु स्वाभाविक हो । अहिले अमेरिकाले एमसीसीको सन्दर्भलाई लिएर लगानीका लागि अवरोधपूर्ण अवस्था रहेको प्रतिक्रिया दिए पनि यी अवरोधबारे नेपालभित्रै बारम्बार कुरा उठिरहेको छ । नेपालमा भ्रष्टाचार व्यापक छ । राजनीतिक अस्थिरता छ । एउटै दल झन्डै बहुमतका साथ सरकारमा बसे पनि मन्त्री फेरिरहने तथा नीतिगत अस्थिरता हुने अवस्था उस्तै छ । यस्तो अस्थिरतापूर्ण नीति रहेको मुलुकमा कुनै पनि लगानीकर्ता हच्किनु स्वाभाविक हो । नेपालमा लगानी र मुनाफा फिर्ता लैजान पनि त्यति सहज छैन । करका अधिकारीहरूलाई तजबिजी अधिकार दिएका कारण शेयर स्वामित्व हस्तान्तरण गर्दा कर तिर्नु पर्दैन भनिए पनि कर नतिरेकै आरोपमा बहुराष्ट्रिय कम्पनी एक्जियाटाले अझै समस्या भोगिरहेको छ । एनसेल बहिष्कारसम्मका अभियान चलाइएकाले विदेशीलगानीकर्तामाझ सकारात्मक सन्देश गएको छैन । नेपालमा विदेशी लगानीका बैंक पनि कहिले नेपाल छाडूँ भन्ने मनस्थितिमा पुगेको भन्ने खालका समाचार पनि आइरहेको पाइन्छ । मुलुकभित्र स्थापित अन्य बैंकसरह नै विदेशी लगानीका लागि राष्ट्र बैंकले नीति निर्देशन जारी गर्दा विदेशी बैंक समस्यामा परेका छन् । चुक्ता पूँजी वृद्धि, शाखा विस्तारलगायत विषयमा उनीहरूलाई समस्या परेको पाइन्छ । त्यसैले विदेशी लगानीका बैंकहरूलाई नेपालमा स्थापना भएका अन्य बैैकलाई भन्दा बेग्लै खालको व्यवस्था गर्नुपर्ने देखिन्छ । कतिपय विदेशी बैंक नेपाल आउन चाहन्छन् र तिनले यहाँ खुद्रा बैंकिङ नगरी थोक बैंकिङ गर्छन् । तिनलाई नेपालमा शाखा खोल्न विद्यमान कानूनले रोकेको छ । नेपालको वित्त बजारलाई विस्तार गर्न यस्ता विदेशी बैंकका शाखा आउनु जरुरी छ । अमेरिकन एक्सप्रेसले नेपालमा शाखा खोल्न चाहे कानून नदिने अवस्था छ । मश्रेक बैंकलगायतले शाखा खोलेर नेपालका बैंकहरूलाई होलसेल बैंकिङ गरेको पाइन्छ । त्यस्तै यस्ता विदेशी लगानीका बैंक आए अन्तरराष्ट्रिय व्यापारका लागि सहजीकरण हुन सक्छ । एमसीसी फर्केर जाँदा नेपालको छवि विश्वमा पक्कै पनि नराम्रो बन्नेछ र नेपाललाई विश्व मञ्चले पत्याउन छाड्नेछ । त्यसैले एमसीसी यथावत् वा परिमार्जित रूपमा पारित गर्नुपर्छ वा नचाहिए फिर्ता लैजाऊ भनेर स्पष्टसँग भनिदिनुपर्छ । यसरी अन्योलमा राख्दा राष्ट्रिय छवि थप नकारात्मक हुनेछ

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा मृत्युदर घट्यो

विगत लामो समयदेखि उकालो लागेको वैदेशिक रोजगारीको मृत्यु र अंगभग दर चालू आर्थिक वर्षको पहिलो ६ महिनामा घटेको छ । जनचेतना र अभिमुखीकरण तालिम प्रभावकारी भएसँगै वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटेको हो । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिएको पूर्वप्रस्थान अभिमुखीकरण कार्यक्रम प्रभावकारी बनाइएपछि मृत्युदर घटेको बताए । […]

वैदेशिक रोजगारीका कारण बढ्दो अपांगता

दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि बिदेसिनेको सङ्ख्या बढिरहेको छ । वैदेशिक रोजगारीमा जानेहरूको दक्षता, अनुभव र सीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौती र सकसपूर्ण बनेको देखिन्छ । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भई स्वदेश फर्कनेको सङ्ख्या ज्यादै बढ्नुले पनि वैदेशिक रोजगारी सकसपूर्ण बनेको देखिन्छ । वैदेशिक रोजगारीका कारण अपाङ्गता बढ्दा कैयन्को पारिवारिक […]

वैदेशिक रोजगारीमा रहेकालाई आइपिओमा आरक्षण

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई आइपिओमा आरक्षणको व्यवस्था गरेको छ। बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई कुनै साधारण सेयर (आइपिओ) मा सहजै लगानी गर्न सकून भन्ने उद्देश्यका साथ आरक्षणको व्यवस्था गरेको हो।  वैदेशिक...

वैदेशिक रोजगारीमा कमाएको रकम बचत गर्ने राम्रो माध्यम हो वैदेशिक रोजगार बचत पत्र

वैदेशिक रोजगार बचत पत्र आफूले वैदेशिक रोजगारीमा रहेर कमाएको रकम बचत गर्ने एउटा अत्यन्त राम्रो माध्यम हो । यस वर्ष जारी भएको बचत पत्रमा अघिल्ला वर्षहरूको तुलनामा ब्याजदर पनि बढी छ र अनलाइनबाट पनि खरिद गर्न सकिन्छ । आफूले वैदेशिक रोजगारीमा रहँदा कमाएको बचतलाई राष्ट्र निर्माणमा तपाईँले पनि बचत पत्रमा लगानी गरेर लगाउन सक्नुहुन्छ ।  वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई नै लक्षित गर्दै करिब १० वर्षदेखि राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आइरहेको छ ।  नेपाल सरकारले आफ्नो आन्तरिक ऋण उठाउने क्रम ...

वैदेशिक रोजगारीका चुनौती

आफ्नो देश छाडेर विदेशमा गई रोजगारी गर्नु नै वैदेशिक रोजगारी हो । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि परदेश जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी विगत २८ वर्ष अगाडिदेखि भएको देखिन्छ । अझै पनि वैदेशिक रोजगारीमा जानेले अनेकौं समस्याको सामना गर्नु परिरहेको छ । वैदेशिक […] The post वैदेशिक रोजगारीका चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक.

वैदेशिक रोजगारी रहर कि बाध्यता?

काठमाडौं : विगत २ वर्षदेखि ठप्प जस्तो रहेको वैदेशिक रोजगार क्षेत्र यतिवेला चलायमान बन्दै गएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिम कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ।सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञा हटाएसँगै श्रमस्वीकृति लिनेको संख्या बढेको वैदेशिक रोजगार विभाग कार्यालय ताहाचलले जनाएको छ। लामो समयदेखि कोरोना खोप, क्वारेन्टाइन खर्च आफैंले बेहोर्नुपर्ने जस्ता नियम भएकाले युवाहरू वैद

सामान्य बन्दै वैदेशिक रोजगारी

काठमाडौं, असोज १२ । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार […]

प्रतिबद्धता अनुसार आउँदैन वैदेशिक सहायता

काठमाडौं। विदेशी दातृ निकायहरूले प्रतिबद्धता जनाएअनुसार वैदेशिक सहायता नदिने गरेको पाइएको छ। गत आर्थिक वर्ष २०७७/७८मा नेपाललाई तीन खर्ब ६० अर्ब रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो। तर, त्यसको ४५.२ प्रतिशत (एक खर्ब ६३ अर्ब रुपैयाँ) मात्रै वैदेशिक सहायता आएको सरकारले बताएको छ। आज सार्वजनिक भएको स्वेतपत्रकाअनुसार वैदेशिक सहायता नआउने गरेता पनि बजेटको आकार बढाउन त्यसलाई प्रयोग गर्ने गरिएको छ।

मोबाइलमै ‘वैदेशिक रोजगार’

काठमाडौँ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सवाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिक, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरी एप सञ्चालनमा […]

वैदेशिक रोजगारीको बेहाल !

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ । गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन् ।  वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५ सयदेखि ६ सयसम्म कामदार वैदेशिक रोजगारीमा गइरहेका छन् । कोभिडअघि दैनिक १ हजार ५ सयभन्दा बढी कामदार दैनिक वैदेशिक रोजगारीमा जाने गरेका थिए ।  वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कोरोनाले वैदेशिक रोजगार प्रभावित भएको बताए । ‘गन्तव्य मुलुकम...