नेपाल उद्योग परिसंघले कात्तिक १७ गते देखि २० गतेसम्म सीएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ । परिसंघले मंगलवार पत्रकार सम्मेलन गरी आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी दिएको हो ।चार दिने मेलामा २ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागी हुने परिसंघले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारले मेलामा सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहत छलफल हुनुका साथै सीपको