काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्थित भृकुटीमण्डपमा कात्तिक १७ गतेदेखि २० गतेसम्म हुन लागेको हो। तीन दिन हुने सो मेलामा २ सय भन्दा बढि कम्पनीहरुको सहभागीता रहने परिसंघले जनाएको छ।