काठमाण्डाै – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताले अक्षम्य अपराध गरेको टिप्पणी गर्नुभएको छ ।
गएकाे आइतवार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरूको त्याे कदम पार्टीको राजनीतिक तथा साङ्गठनिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताउनुभयो ।
आज सोमवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औँ केन्द्रीय...