काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्णय विपरीत मत दिएर सांसदहरुले अक्षम्य अपराध गरेको बताएका छन्। पार्टीको १० औं केन्द्रीय समिति बैठकमा बोल्दै महासचिव पोखरेलले पार्टीको निर्णय विपरीत विपक्षी नेतालाई मत दिने जस्तो अप्रिय घटना पार्टीको राजनीतिक सांगठनिक जीवनमा घटाउन सक्छन् भनेर आफूले कहिल्यै नसोचेको बताए। यसलाई आफूहरुले गम्भीर रुपमा लिएको भन्दै उनले यस्तो अपराधमा क्षमा गर्न नमिल्ने बताए।