काठमाण्डाै – भन्सार छलेर ल्याएको झन्डै एक किलो सुनसहित काठमाण्डौको त्रिभुवन विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ परेका छन् ।
नाै सय ३५ ग्राम सुनसहित बङ्गलादेशी नागरिक मोहमद तफिक उल्लाह र भारतीय नागरिक प्रकाश नाथ साहलाई प्रहरीले आज पक्राउ गरेको हो । उनीहरूले भित्री वस्त्रमा लुकाएर ल्याएकाे अवस्थामा प्रहरीले सुन बरामद गरेकाे हाे ।
सुनको मूल्य सतहत्तर लाख उन्नाइस हजार ६ सय साठी रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।