भटमास तेल निकासी तेब्बर

भारतले पाम आयल निकासीमा रोक लगाएपछि जोगबनी नाकाबाट भटमासको तेल निर्यात तेब्बर पुगेको पााइएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म जोगबनीबाट ४ अर्ब ८५ करोड ४० लाख मूल्य बराबरको ३३ हजार २ सय ५३ टन भटमास तेल निकासी भएको छ ।

सम्बन्धित सामग्री

भटमासको तेल निकासी दुई अर्बबाट ३५ हजारमा

काठमाडौं– नेपालको निर्यात बजारमा आधा दशक दबदबा रहेको भटमासको तेलको निकासी दयनीय अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा जम्मा ३५ हजार रुपैयाँको भटमासको तेल निकासी भएको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९६ करोडको भटमास तेल निकासी भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवमा […]

निकासी निकै घटे पनि खाने तेल निर्यात सूचीको शीर्षस्थानमै

वीरगञ्ज  । नेपालको निकासी कति कमजोर छ भन्ने तथ्य प्रशोधित तेल निकासीको तथ्यांकले उजागर गरेको छ । देशको मुख्य व्यापारिक नाका वीरगञ्जबाट यो वर्ष खाने तेल निर्यात करीब ठप्पजस्तै छ तर पनि यही वस्तु नै निर्यात सूचीको शीर्षस्थानमा कायम छ । नेपालबाट हुने निकासीमा त्यस्ता वस्तु नै छैनन्, जसले परिमाणका हिसाबले दयनीय अवस्थामा आइपुगेको खाने तेल निकासीलाई उछिन्न सकोस् । वीरगञ्ज भन्सार कार्यालयले आफ्नो वेबसाइटमा राखेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को १० महीनामा निर्यात भएका वस्तुको सूचीमा प्रशोधित तेल पहिलो, तेस्रो र चौथो नम्बरमा छ ।  निकासी सूचीको पहिलो स्थानमा प्रशोधित भटमास तेल, तेस्रोमा पाम तेल र चौथोमा सूर्यमुखी तेल छ । दोस्रो स्थानमा फलफूलको जुस छ । वीरगञ्ज नाकानजिकै खुलेको भारतीय लगानीको बहुराष्ट्रिय कम्पनी डाबर नेपालले यहाँबाट मुख्य रूपमा फलफूलको जुस निकासी गर्छ ।  नेपालबाट निर्यात गर्ने वैकल्पिक वस्तु तयार गर्न नसक्दा निर्यातको मूल्य र परिमाण स्वाट्टै घटे पनि अग्रस्थानमा तेल नै रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम बताउँछन् । ‘हामीले वास्तविक निकासीलाई ध्यान दिएनौं । निकासीका नाममा भन्सार महशुल अन्तरको फाइदा लिने काममात्र भयो,’ गौतमले भने, ‘बाहिरबाट कच्चा पदार्थ ल्याएर भारतमा निकासी गर्ने उद्देश्यका उद्योग भारतीय नीतिको भरमा चल्नुपर्ने अवस्था भयो ।’  अघिल्लो वर्षसम्म राम्रै निकासी गरेका तेल उत्पादक अहिले खर्च धान्न नसक्ने अवस्थामा पुगेका छन् । भारतले तेल आयातमा ४० प्रतिशतसम्म सीमा शुल्क लगाउँदा नेपालमा तेलको कच्चा पदार्थ आयातमा १० प्रतिशतमात्र महशुल थियो । त्यो पनि निकासी भएपछि फिर्ता हुन्थ्यो । भारतमा साफ्टा सुविधाअन्तर्गत शून्यदेखि ५ प्रतिशत महशुलमा निर्यात गर्न पाएका थिए ।  कोरोना महामारी र रूस–युक्रेन तनावबीच खाद्यान्नको भाउ उकालो लागेपछि मूल्य नियन्त्रण गर्न भारतले तेल आयातमा शून्य भन्सार नीति लियो । त्यसको असरले नेपालबाट निकासी ओरालो लागेको तेल उत्पादक ओसीबी फूडका सञ्चालक सुरेश रुंगटा बताउँछन् । वीरगञ्ज प्रशोधित खानेतेल निकासी हुने मुख्य नाका हो । यो नाकाबाट १४ ओटा उद्योगले खाने तेल निर्यात गर्दै आएका थिए ।  अचेल तेल निकासी निकै खस्किएको छ । वीरगञ्जबाट चालू आवको साउनदेखि वैशाखसम्म भटमासको तेल करीब ३ करोड रुपैयाँको मात्र निर्यात भएको छ । यो मूल्य अघिल्लो वर्षको सोही अवधिमा अवधिमा १ अर्ब २१ करोड रुपैयाँ थियो । प्रशोधित पाम तेलको निकासी ६ करोड रुपैयाँले र सूर्यमुखी तेल निकासी मूल्य पनि आधामा खुम्चिएको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ ।

खानेतेल निकासीमा उच्च गिरावट

काठमाडौं  । नेपालबाट खानेतेल निकासी उच्च दरले घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनाको आयातनिर्यात सम्बन्धी तथ्यांकले नेपालबाट खानेतेलको निकासी निकै घटेको देखाएको हो । उक्त अवधिमा सबैभन्दा बढी ९१ दशमलव २ प्रतिशतले सूर्यमुखी तेल निकासी घटेको छ । गत आवको साउन–माघमा नेपालबाट २ अर्ब ६३ करोड ९७ लाख रुपैयाँको सूर्यमुखी तेल निकासी भएकोमा यो वर्ष सोही अवधिमा २३ करोड २८ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । भटमास तेलको निकासीमा ७७ दशमलव ५ प्रतिशतले कमी आएको छ । पोहोर साउन–माघमा ३६ अर्ब ८५ करोड ३४ लाख रुपैयाँको भटमास तेल निकासी भएकोमा यसपालि ८ अर्ब २७ करोड ७५ लाख रुपैयाँको मात्रै निकासी भएको छ । त्यसैगरी पाम तेलको निकासी ३४ अर्ब १५ करोड ५५ लाख ६४ हजार रुपैयाँबाट १३ अर्ब ९२ करोड ६७ लाख ३० हजार रुपैयाँमा ओर्लेको छ । यो ५९ दशमलव २ प्रतिशतको गिरावट हो । पछिल्लो समय भारतले तेल आयात नीति फेर्दै सोको आयातमा लाग्दै आएको शुल्क घटाएपछि नेपालबाट तेल निर्यात घटेको उद्योगी मनोज तापडियाले बताए । केही अघिसम्म कच्चा तेल उत्पादकलाई संरक्षण गर्ने नीतिअनुरूप भारतले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) बाहेकका मुलुकबाट कच्चा तेल आयात गर्दा ४० प्रतिशतसम्म शुल्क लिन्थ्यो । साफ्टा क्षेत्रका मुलुकबाट खानेतेल आयात गर्दा साफ्टा सुविधाअन्तर्गत ५ प्रतिशतमात्र शुल्क तिरे पुग्थ्यो । भन्सार शुल्कमा रहेको उक्त अन्तरको फाइदा लिन नेपाली उद्योगीले विदेशबाट कच्चा खानेतेल आयात गरी प्रशोधन गरेर भारत निकासी गर्दै आएका थिए । नेपाली उद्योगीले अर्जेन्टिना, ब्राजिल, इन्डोनेशिया र युक्रेनलगायत मुलुकबाट कच्चा भटमास र पाम तेल आयात गरी प्रशोधन गरेर भारत निर्यात गर्ने हुन् । पछि भारतले आन्तरिक बजारमा मूल्य नियन्त्रण गर्ने उद्देश्यले कच्चा तेलको आयातमा लिने भन्सार शुल्क ४० बाट २ दशमलव ५ प्रतिशतमा झारेपछि त्यहीँका उद्योगीले कच्चा तेल आयात गरी प्रशोधन गर्न थालेका छन् । फलस्वरूप नेपालबाट हुने निर्यात घटेको तापडियाको भनाइ छ । नेपाल दाल, तेल तथा चामल उद्योग संघका उपाध्यक्ष नरेश राठी भारतले तेल आयात नीति परिमार्जन गरेपछि नेपालबाट हुने तेल निर्यातमा उच्च गिरावट आएको बताउँछन् ।

दुई महिनामा १६ अर्बको भटमास तेल निकासी

चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको हो ।यस अवधिमा ७ करोड ३४ लाख किलो भटमासको तेल निकासी भएको विभागले जानकारी दिएको छ । पछिल्लो समय नेपालका उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट कच्चा भटमासको तेल ल्याएर भारततर्फ निकासी गर्दै आएका छन् ।यस्तै, यस अवधिमा भारततर्फ नै ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निकासी भएको छ । न

निर्यात हुने प्रमुख वस्तु भटमासको तेल, निकासी पाँच गुणा बढी

वीरगन्ज भन्सार नाकाबाट चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा अघिल्लो वर्षको यसै अवधिको तुलनामा पाँच गुणा बढी मूल्यको भटमास तेल भारत निकासी भएको देखिएको छ।