सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरिसकेको छ । निर्वाचनको मिति तय भएसँगै बागमती प्रदेशमा चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुट्नुको साथै अंकगणितीय लेखाजोखामा केन्द्रित देखिन्छन् ।२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन बनाएका थिए । वाम गठबन्धनका कारण बागमती प्रदेशका अधिकांश क्षेत्रमा एमाले र माओवादी केन्द्र विजयी हुँदा काँग्रेस भने खुम्चिएको थियो । वाम