काठमाडौं : आजदेखि विश्वभर स्तनपान सप्ताह सुरु हुँदैछ। विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।बालबालिकाका लागि स्तनपानको महत्वबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइँदै आइएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो। स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका लागि हुने फाइदाका विषयमा यो सप्ताहमा चर्चा तथा जनचेतना जगाउने गरिन्छ।स्तनपानले बालबालिकामा रोग प्रत